Truth, Service, Security

Truth, Service, Security

103
lost_vehicles

radio_programs
newspaper

downloads

Public Poll

मादक पदार्थ सेवन गर्नेलाई महानगरीय ट्राफिक प्रहरीले गर्नलागेको कारबाहि कस्तो लागयो ?
 
Online Users

We have 7 guests online
ट्राफिक व्यवस्थापन

१) विशिष्ट व्यक्तिको सवारीमा ट्राफिक व्यवस्थापन-
क) सुरक्षा र सवारी आवागमनमा अवरोध हुन नदिने अभ्रि्राय
ख) राष्ट्रिय सम्मानको झलक प्रस्तुत हुने ।

सवारीको प्रकार
१) राजकीय सवारी
२) औपचारिक सवारी
३) अनौपचारिक सवारी

सवारी प्रकारका सम्वन्धमा जिल्ला सुरक्षा समितिले तय गर्ने गरेको छ ।

सवारीमा ट्राफिक व्यवस्थापनका सामान्य नीतिहरु -
क) राजकीय र औपचारिक सवारीमा सवारी रुट खाली हुने ।
ख) अनौपचारिक सवारीमा सवारीको लेन खाली हुने, विपरित लेन बाट सवारी आवागमनमा रोक नलगाईने ।
ग) आवश्यकता अनुसार सवारी रुट बाट ठुला तथा मन्द गतिका सवारी साधन लाई निश्चित समय पुर्व नै चल्न प्रतिबन्ध लगाईने ।

२)  बिभिन्न मेलापर्व तथा उत्सवमा गरिने ट्राफिक व्यवस्थापन - नेपाल एक बहु भाषिक, बहु जातिय एवं वहु धर्मावलम्बि देश भएको र यहाँ मानिसहरुले धर्म प्रति विश्वास गरि बिभिन्न राष्ट्रिय एवं जातिय परम्परा अनुसारका चाड पर्वहरु तथा राष्ट्रिय उत्सवहरु (तिज, शिवरात्री, वालाचर्तुदर्शि, श्रीपञ्चमि, इन्द्र जात्रा, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, शहिद दिवस आदी ) मनाउन उल्लेखिय रुपमा श्रदालु भक्त जन तथा र्सव साधारणहरु भेला हुने हुँदा सो स्थानमा निजहरुको सुरक्षीत आवतजावत र सो क्षेत्रमा सवारी आवागमनलाई व्यवस्थापन गर्दै आएको छ ।

३) यातायात अनुगमन टोली - सवारी ऐन अनुसार यातायात निरीक्षकको व्यवस्था भए अनुरुप यस महाशाखा र यातायात व्यवस्था विभागका अधिकृत समेत रहेको संयुक्त अनुगमन टोलीको व्यवस्था गरी नेपाल अधिराज्य भित्र चेक जाँच गर्ने व्यवस्था गरिएको ।

४) छाडा चौपाया नियन्त्रण - उपत्यकाको सडकहरुमा छाडिएका छाडा गाई वस्तुहरुका कारणले सवारी दुर्घटना वढ्ने सम्भावना भएकोले त्यसलाई न्युनिकरण गर्ने अभिप्रय र काठमाण्डौ महानगरपालिका तथा सुरक्षा महाशाखाको सहयोगमा त्यस्ता छाडा गाई वस्तुहरुलाई उपत्यका वाहिर पठाउने कार्य नियमितरुपमा गरिँदै आएकोमा सोही कार्यलाई निरन्तरता दिईएको ।

५) पोष्टर, पम्प्लेट र होर्डिङ्ग वोर्डहरु हटाउने - उपत्यकाको विभिन्न स्थानहरुमा राखिएका होर्र्डिङ्ग वोर्डहरु तथा जथाभाबि टाँसिने गरेका व्यानर,पोष्टरहरुबाट हुने सवारी दुर्घटनालाई नियन्त्रण गर्न काठमाण्डौ महानगरपालिकाको सहयोगमा त्यस्ता होडिङ्ग वोर्ड, व्यानर, पोष्टर, पम्प्लेट र व्यानरहरु निकाली काठमाण्डौ महानगरपालिका मार्फ स्थानिय स्वायक्त ऐन अनुसार कारवाही गरिँदै आएको छ ।

६) नगर प्रबेश पासको व्यवस्था - काठमाण्डौ उपत्यका भित्र निर्माण सामाग्री ढुवानी मालवाहक सवारी साधनको आवागनबाट व्यस्त सडक अझ व्यस्त भई सवारी आवागमनमा बाधा पर्न सक्ने सम्भावनालाई मध्यनजर राखी त्यस्ता मालवाहक सवारी साधनलाई विहान ०७.०० बजे देखी ११.०० बजे सम्म र वेलुका १४.३० वजे देखी २०.०० वजे सम्म नगर प्रबेश पास विना चक्रपथ भित्र प्रबेश निषेध गरी नगर प्रबेस इजाजत पत्र को व्यवस्था गरिएकोमा त्यस कार्यलाई समेत पुर्णतया निरन्तरता दिएको छ । मिति २०६५।०४।०१ देखी २०६६ जेष्ठ मसान्त सम्ममा यस महाशाखावाट ११,०८७ वटा नगरपास वितरण गरिएको छ ।

७) त्रिपाल लगाउने व्यवस्था - उपत्यका भित्र निर्माण सामाग्री  (इँटा, वालुवा, गिट्ट, ढुङ्गा, सिमेन्ट आदी ) ढुवानी गर्ने ट्रक मिनि ट्रक ट्याक्टरहरुले निर्माण सामाग्री खुल्ला रुपमा ढुवानी गर्दा हावाले वालुवा वा धुलोको कणहरु उडाई पछाडिबाट आउने दुइ पाङ्गे सवारी साधनको चालकको आँखामा परि हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर राखी त्यस्ता निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनले चारै तीरबाट त्रिपालले छोपी ढुवानी गर्नु पर्ने नियमलाई यस महाशाखा तथा मातहत समेतबाट कडाईका साथ कार्यान्वयन गरिँदै आएको  छ।

८) ट्याक्सी स्टेण्डको व्यवस्था - उपत्यका भित्र चल्ने ट्याक्सीहरु व्यवस्थित गर्न करिब १५२ वटा स्थान छनौट गरी ४८ स्थानहरुमा ट्याक्सी स्टेण्डको व्यवस्था मिलाईएको र वाँकी स्थानहरुमा पनि ट्याक्सी स्टेण्डहरु राख्नको लागी महानगरपालीका लगायत विभिन्न संघ संस्थाहरु सँग समन्वय र आवश्यक पहल भई रहेको छ।

९) छुटेको समानको खोज तलास गरि धनी जिम्मा लगाउने - यदाकदा यात्रुहरुले भाडा ट्याक्सीहरुमा सर समान, रुपैया पैसा छाड्ने गरेको र सवारी साधनको पहिचान गर्न कठिनाई भई रहेको हुँदा यसलाई अनुसन्धान गर्न सहज बनाउनको लागी उपत्यकामा चल्ने भाडाका ट्याक्सी चालकहरुको पहिचान खुल्ने गरि फोटो सहितको विवरण राखी हराएका तथा फेला पारीएका समानहरुको विवरण राख्ने व्यवस्था गरिएको । मिति २०६६।०३।०४ गते बा१ज ६८६८ नं को ट्याक्सीले रु ३०,००,०००।- लुटेर फरार भएको यस कार्यालयमा रहेको अभिलेखको सहायताले उक्त ट्याक्सी पक्राउ गरिएको छ।

१०) टि.सि.आर.भि परिचालन - ट्राफिक प्रहरी दुर्घटनास्थल तथा जाम भएको स्थानमा तत्कालै पुग्नको लागी ९ वटा स्थान (दरबारमार्ग, महाराजगंज, नयाँबसपार्क, कालीमाटी, जावलाखेल, कोटेश्वर, भक्तपुर, गौशाला र बौद्ध ) मा गाडी सहितको टि.सि.आ.भि को व्यवस्था गरिएको छ ।

११) एम्बुलेन्सको व्यवस्था - सवारी दुर्घटनामा परि घाईते भएका व्यक्तिहरुलाई छिटो भन्दा छिटो उद्धार गरी अस्पतालमा पुर्याउनको लागी यस महाशाखामा रहने गरी एउटा एम्बुलेन्सको व्यवस्था गरिएको छ।

सवारीको प्रकार -