Truth, Service, Security

Truth, Service, Security

103
lost_vehicles

radio_programs
newspaper

downloads

Public Poll

मादक पदार्थ सेवन गर्नेलाई महानगरीय ट्राफिक प्रहरीले गर्नलागेको कारबाहि कस्तो लागयो ?
 

Online Users

We have 2 guests online
महानगरीय ट्राफिक प्रहरी महाशाखा

काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित साघुरा मिडहरुयुक्त सडकहरू सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको शहरी विकासको अनुपातमा सडक बिस्तार र सडक पूर्वाधारहरु निर्माण हुन नसक्नु द्धन्द लगायत विविध कारणबाट यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सेण्डिकेट लगायत कुराहरुमा निश्चित समूहहरुको मात्र पहुंच हुने गरेको, अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक सवारी साधन संचालकहरुमा रहेको सेवाग्राही भन्दा नाफामुखी सन्चालन पद्धति प्रक्रियागत त्रुटिपूर्ण सवारी चालक अनुमति पत्र वितरण प्रणाली आदि तसर्थ सरकारले यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै आवश्यक अल्पकालिन तथा दिर्घकालिन कार्य योजना तयार गरी पहल कदमहरु चालिनु अति आवश्यक भएको छ ।

mptp_building mtp_logo metropolitan_traffic_police_flag
महानगरीय ट्राफिक प्रहरी महाशाखाको भवन महानगरीय ट्राफिक प्रहरी महाशाखाको लोगो महानगरीय ट्राफिक प्रहरी महाशाखाको झण्डा

काठमाण्डौ उपत्यकाको ट्राफिक परिचालन व्यवस्थापनको जिम्मेवारी महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्य क्षेत्र भित्र पर्ने हुदाँ त्यसतर्फ संवेदनशील भई ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सकिने केही अल्पकालिन तथा सरोकारवाला सबै पक्षहरुको सहभागिताबाट मात्र गर्न सकिने देखिन्छ ।

 

मिशन

“काठमाण्डौ उपत्यका भित्र सवारी आगमनको सुरक्षित प्रवाह”
मूल्य र मान्यता
(१)    काठमाण्डौ उपत्यकामा सवारी दुर्घटना हरुलाई न्युनिकरण गर्दै लैजानु ।
(२)    सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भई सहभागी हुनु ।
(३)    सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दा कानुन अनुसार कुनै पनि किसिमको अनुचित लाभको पुर्वाग्रही बिना
तुरून्त सेवा प्रदान गर्नु ।
(४)    देशमा भएको परिवर्तन र नयाँ चुनौतिहरूलाई आत्मासाथ गर्दा समयअनुकुल ट्राफिक संगठन तथा ट्राफिक
व्यवस्थापनमा परिवर्तन गर्नु ।
(५)    सवारीलाई सहजरूपमा सन्चालन गर्नु र बिशिष्ट ब्यक्ति तथा बिभिन्न समारोहमा हुने भिडलाई
सहज रूपमा राख्ने ।
(६)    ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाउने ।
(७)    ट्राफिक जनशक्ति बढाउने ।
(८)    बिभिन्न संघसंस्थाहरूसँग समन्वय राखि ट्राफिक व्यवस्थापनमा सहकार्य गर्ने ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको जनशक्ति

दर्जा दरबन्दी संख्या
प्रहरी नायव महानिरीक्षक
प्रहरी बरिष्ठ उपरिक्षक (प्र.ब.उ.)
प्रहरी उपरिक्षक (प्र.उ.)
प्रहरी नायब उपरिक्षक (प्र.ना.उ.)
प्रहरी निरिक्षक (प्र.नि.) १९
प्रहरी नायब निरिक्षक (प्र.ना.नि.) ६२
प्रहरी सहायक निरिक्षक (प्र.स.नि.) ९१
प्रहरी हवल्दार (प्र.ह.) १८३
प्रहरी जवान (प्र.ज.) ५५६
प्रहरी परिचर (प्र.प.) ४०
सयस
जम्मा ९६५