|
आम जनताको सुविधाको लागि महानगरीय ट्राफिक प्रहरी ले र Focusone Nepal को प्राविधिक सहकार्यमा संचालन गरेको SMS सेवाको विस्तार गरेको छ ।
विगतमा ट्राफिक जाम,हराएका सवारी साधन,फेला परेका सवारी साधन सम्वन्धि सेवा प्रदान गर्दै आएको थियो । २०६४।१२।१९ गते देेखी हाल सम्म ३,२०,७५९ वटा SMS आएका थिए ।जसमा NTC,SPICE,UTL मोवायल बाट SMS गर्न सकिन्छ । मिति ०६६।०४।२३ गते बाट Taxi मिटर चुहावट,दर्ुघटना वा अन्य ट्राफिक अवरोध संग सम्वन्धित सुचना यात्रा गर्ने वा बाटो हिंड्नेले दिन सक्नेछन् र आवश्यक कारवाही महानगरीय ट्राफिक प्रहरी महाशाखा बाट हुनेछ । उपत्यका को जामको अवस्था र नया सेवा अर्न्तर्गत राजमार्गको जामको वारेमा पनि गरी थाहा पाउन सकिने छ ।SMS बाट रिपोर्ट तथा जानकारी प्राप्त गर्नको लागि NTC र UTL मोवायल फोन बाट रु.२ तथा Mero Mobile बाट रु.३ शुल्क लाग्नेछ । SMS गर्नको लागिः-
- जाम थाहा पाउनः- (type jam and sent to 4321
- सवारी साधन हराएमाः-(type lost<space>number & sent to 4321
- फेला परेका सवारी साधन :(type found<spance>number & sent to 4321
- Highway जाम थाहा पाउनः-(type highway and sent to 4321
- उपत्यका भित्र कुनै दर्ुघटना भई जानकारी दिनु परेमाः-(type report<space>description & sent to 4321
- Taxi मा चढ्दा मिटर मा शंका लागेमाः-(type taxi<space>taxi number &sent to 4321
गृह मन्त्रालय तथा श्रम तथा यातायात ब्यवस्था मन्त्रालयको बिशेष पहलमा यस ट्राफिक प्रहरी महाशाखाबाट उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई सुद्धढ गर्न मिति २०६६ बैशाख ७ गते देखि ट्राफिक बिशेष कारवाही योजना बनाईएको छ।
उद्देश्य :–
* ट्राफिक समस्या समाधान गर्ने।
* प्रभावकारी ट्राफिक परिचालन तथा व्यवस्थापन गर्ने। * प्राप्त जनशक्तिको अधिकतम प्रयोग र परिचालन गर्ने। * ट्राफिक व्यवस्थापनलाई अझ चु्स्त र प्रभावकारी बनाउने * सवारी दुर्घटनाबाट हुने क्षतिलाई न्यूनिकरण गर्ने। * सवारी चालक तथा सर्वसाधरणमा ट्राफिक नियम तथा सडक अनुशासन सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने ।
|