Falgun 10,12:30 PM
काठमाडौँ उपत्यकामा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ट्राफिक महाशाखाले निषेधित स्थानमा पार्किङ गरिएका सवारी साधनहरुमा व्हिल लक लगाउने कार्य थप व्यवस्थित बनाएको छ । निषेधित स्थान र समयमा पार्किङ गरिएका सवारी साधनमा ह्विल लक कुन कार्यालय र कसले लगाएको हो, त्यसको विस्तृत विवरण सहितको स्टिकर टाँस्न थालिएको छ । ह्विल लक खुलाउन चालकतर्फको झ्यालमा स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा चालकले सम्पर्क गर्नु पर्नेछ ।