Image Slider

मिति २०७६/०५/२३ गते महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल ज्यू, पत्रकार सम्मेलनमा आफ्नो का...
मिति २०७६/०५/२३ गते बिभिन्न मितिमा हराएका तथा चोरी भएका दुई पांग्रे सवारी साधन फेला पारी सम्बन्धित सवारी धनिलाई हस्तान्त्रण गर्नुहुँदै महानगरीय ट्राफि...
मिति २०७६/०५/२२ गते ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुदैँ महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यू ।
मिति २०७६/०५/२२ गते ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुदैँ महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल ज्यू ।
मिति २०७६।०५।१८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको पदबहाली गर्नु पुर्व प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई स्वागत गर्दै प्रहरी अधिकृ...
मिति २०७६/०५/१० गते देखि २०७६/०५/१५ गते सम्म भृकृटीमण्डपमा आयोजना गरीएको नाडा अटो सो २०१९ मा महानगरीय ट्राफिक प्रहरी महाशाखा द्धारा गरीएको ट्राफिक ब्य...
मिति २०७६/०४/१६गते बा २ ज ४१५५ नम्बरको भाडाकारमा छुटेको नगद रू.२५००००।– सम्बन्धित धनिलाई हस्तान्तरण गर्नुहुदैँ प्रहरी उपरीक्षक रविकुमार पौडेल ।
मिति २०७६/०४/०८ गते मेट्रो ट्राफिक एफ.एम.९५.५ मेगाहर्जको सातौँ वार्षिक उत्सव कार्यक्रममा शुभकामना मन्तब्य दिनुहुदैँ महानगरीय प्रहरी प्रमूख प्रहरी नायव...
मिति २०७६/०४/०८ गते मेट्रो ट्राफिक एफ.एम.९५.५ मेगाहर्जको सातौँ वार्षिक उत्सव कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुदैँ महानगरीय ट्राफिक प्रहरी प्रमूख प्रह...
मिति २०७६/०४/०६ गते दरवारमार्ग बाट भृकुटीमण्डप सम्म जानेकक्रममा भाडाकारमा छुटको नगद रु.२५०,०००।- तथा मोवाईल थान-१ CCTV को सहायताले बा २ ज ४२५६ नं.को ...
मिति २०७६/०३/१३ गते “सडक सभ्यता अभिवृद्धि एवम् सवारी दुर्घटना न्यूनिकरणमा सरोकारवाला निकायहरुको भूमिका तथा ३ महिने कार्ययोजनाको समिक्षात्मक कार्यक्रम ...
मिति २०७६/०३/१३ गते “सडक सभ्यता अभिवृद्धि एवम् सवारी दुर्घटना न्यूनिकरणमा सरोकारवाला निकायहरुको भूमिका तथा ३ महिने कार्ययोजनाको समिक्षात्मक कार्यक्रम ...
मिति २०७६/०१/०८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखा मातहतका प्र.क.हरुलाई निर्देशन दिनुहुँदै संगठन प्रमुख प्र.म.नि. सर्बेन्द्र खनाल ज्यू ।
आज मिति २०७५/१२/२४ गते “उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्य योजना–२०७५” को “Two Wheeler Campaign” अन्तर्गत दुई पांग्रे सव...
मिति २०७५/१२/२१ गते “उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्य योजना–२०७५” को शुभारम्भ गर्नु हुँदै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ज्यू ।
TRAFFIC NEWS

News

There are no articles in this category. If subcategories display on this page, they may have articles.

Subcategories

नजिकिदै गरेको होली पर्वलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष सडक सुरक्षा योजना ल्याएको छ । होली पर्वको बहानामा हुने उश्रृंखल गतिविधिहरु निरुत्साहीत गर्न, त्यस्ता गतिबिधिमाथी बिशेष निगरानी राख्न बिशेष सडक सुरक्षा योजना ल्याइएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, लागुपदार्थ सेवन गर्ने, स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रसायन पदार्थ छ्याप्ने, जवरजस्ति लोला हान्ने, तिब्र गतिमा सवारी साधन चलाउने, मोटरसाईकलमा ३ जना चढ्ने, हेल्मेट नलगाउने लगायतका उश्रृंखल गतिबिधिमा संलग्न सवारी चालक तथा व्यक्तिलाई संयुक्त रुपमा चेकिङ्ग गरी नियन्त्रणमा लिएर प्रचलित कानून बमोजिम कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरिक्षक प्रकाश अर्यालले जानकारी दिनुभएको छ ।


विपद् प्रतिकार्यमा खटिने जनशक्तिलाई विपद् सम्वन्धी दक्ष बनाउने उद्धेश्यले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्ववाधानमा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा विपद् व्यवस्थापन दोस्रो समुहको तालिम आजबाट संचालन भएको छ ।

बाराको गढिमाई १ मा रहेको केन्द्रिय मेडिकल स्टोर कार्यालय पथलैयामा आगलागि भएको छ । आज विहान १० वजे लागेको आगलागीबाट २ करोड ८० लाख भन्दा बढीको सामान जलेर नष्ट भएको छ । आगो स्थानीयबासी,दमकलको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

काठमाडौँको जोरपाटीमा आज एक बृद्ध मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर घर भई जोरपाटि स्थित कृष्ण मन्दिर बस्दै आएका ६० बर्षिय लिला बहादुर भुजेल डेरामै मृत फेला परेका हुन् । हिजो देखि हराइरहेका धनुषा जनकपुरका एक बालक आज मृत अबस्थामा फेला परेका छन् ।

काभ्रेपलान्चोकको कासिखण्ड २ को सल्लेनी फुलबारीको जंगलमा दाजुको साथमा रहेको पेस्तोलबाट गोली चल्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ बर्षिय प्रतिष लामा रहेका छन् । उनको घटनास्थल मै मृत्यु भएको हो ।

सुनसरीको भरौल ३ को एक घरमा आज बिहान आगलागी हुदाँ १५ लाख बराबरको क्षती भएको छ । स्थानीय डाक बहादुर पौडेलको २ तले कच्ची घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेका बिभिन्न सुनचाँदी , लत्ताकपडा, भाडा बर्तन र अन्नपात जलेको बताइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा

काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित साघुरा सडकहरू सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको शहरी विकासको अनुपातमा सडक बिस्तार र सडक पूर्वाधारहरु निर्माण हुन नसक्नु, विविध कारणबाट यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सेण्डिकेट लगायत कुराहरुमा निश्चित समूहहरुको मात्र पहुंच हुनु, अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक सवारी साधन संचालकहरुमा रहेको सेवाग्राही भन्दा नाफामुखी सन्चालन पद्धति प्रक्रियागत त्रुटिपूर्ण सवारी चालक अनुमति पत्र वितरण प्रणाली आदि विधमान रहेकाले सरकारले यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै आवश्यक अल्पकालिन तथा दिर्घकालिन कार्य योजना तयार गरी पहल कदमहरु चालिनु अति आवश्यक भएको छ ।

Continue Reading >>>

News Releases