आज मिति २०७६/०२/०५ गते महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ‘‘ उपत्यकाको ट्रफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्य योजना-२०७५ ” को प्रगति विवरण प्रस्तुत गर्नु हुँदै कार्यलय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक वसन्त पन्त ज्यू ।
मिति २०७६/०१/०८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखा मातहतका प्र.क.हरुलाई निर्देशन दिनुहुँदै संगठन प्रमुख प्र.म.नि. सर्बेन्द्र खनाल ज्यू ।
मिति २०७६/०१/०८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखा मातहतका प्र.क.हरुलाई निर्देशन दिनुहुँदै संगठन प्रमुख प्र.म.नि. सर्बेन्द्र खनाल ज्यू ।
आज मिति २०७५।१२।२९ गते बा २ ज ५११९ नम्बरका ट्याक्सी चालक गणेश ब. रानाले भारतीय नागरिकको ट्याक्सीमा छुटेको नगद र कागजपत्र हस्तान्तरण गर्दै ।
आज मिति २०७५/१२/२४ गते “उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्य योजना–२०७५” को “Two Wheeler Campaign” अन्तर्गत दुई पांग्रे सवारी चालकहरुलाई ट्राफिक सचेतना तथा सडक सुरक्षा बारे सचेत गराउनु हुँदै महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक वसन्त कुमार पन्त ज्यू ।
मिति २०७५/१२/२१ गते “उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्य योजना–२०७५” को शुभारम्भ गर्नु हुँदै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ज्यू ।
मिति २०७५/१२/२१ गते “उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्य योजना–२०७५” को शुभारम्भ गर्नु हुँदै संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ज्यू ।
बिभिन्न मितिमा हराएका मोटरसाईकलहरु फेला पारी सम्बन्धित धनिलाई मिति २०७५/११/२७ गते हस्तान्तरण गर्नुहुदैँ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जयराज सापकोटा ज्यू ।
मिति २०७५।११।८ गते बिहान अन्दाजि ४:३० बजेको समयमा काठमाण्डौ जिल्ला अनामनगर भाटभटेनी देखी नैकाप सम्म जादाँ बा २ ज २२७९ नम्बरको भाडाकारमा छुटेको सामान ( अन्दाजी तिन लाख पचास हजार बराबरको गरगहना, नगद र लेडिज पर्स ) फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाउनु हुँदै यस महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्र.ना.उ. कृष्ण दत भट्ट ज्यू ।
मिति २०७५/०८/०५ गते महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण पश्चात् निर्देशन दिनुहुँदै श्रद्धेय श्रीमान् महानगरीय प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि.शैलेस थापा क्षेत्रीज्यू ।
मिति २०७५/०७/११ गते भृकुटीमण्डपमा “सामुदायिक - प्रहरी साझेदारी” अभियान कार्यक्रमको उद्घाटन गर्नु हुँदै माननिय गृहमन्त्री राम बहादुर थापा “बादल” ज्यु ।
मिति २०७५/०६/२४ गते महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा उपत्यकाको तीनै जिल्लामा ट्राफिक प्रहरी र जनपथ प्रहरीलाई संयुक्त परिचालन गरी ट्राफिक ब्यवस्थापन र सडक दुर्घटना न्यूनिकरणका साथै शान्ति सुरक्षामा समेत सहजता पार्ने उद्देश्यले Traffic Riders Squad (TRS ) को उद्धघाटन गर्नु हुदैँ संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ज्यू ।
मिति २०७५/०५/२४ गते महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण पश्चात निर्देशन दिनुहुदैँ श्रद्धेय श्रीमान संगठन प्रमुख प्र.म.नि.सर्वेन्द्र खनालज्यू ।
सेवाग्राहीलाई जनमैत्री एवं सेवामुखी तुल्याउन उपत्यकामा संचालित Taxi चालकलाई मिति २०७५।०५।०६ गते का.म.न.पा.सुन्धारा स्थित चालक पोसाक (फ्लोरेसेन्ट ज्याकेट) बितरण पश्चात जनचेतनामुलक अभिव्यक्ति दिनु हुंदै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्त ।
TRAFFIC NEWS

Metro Traffic FM Program Schedule

Display #
Title
Metro Traffic FM Program Schedule

महानगरीय ट्राफिक प्रहरी महाशाखा

काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित साघुरा सडकहरू सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको शहरी विकासको अनुपातमा सडक बिस्तार र सडक पूर्वाधारहरु निर्माण हुन नसक्नु, विविध कारणबाट यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सेण्डिकेट लगायत कुराहरुमा निश्चित समूहहरुको मात्र पहुंच हुनु, अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक सवारी साधन संचालकहरुमा रहेको सेवाग्राही भन्दा नाफामुखी सन्चालन पद्धति प्रक्रियागत त्रुटिपूर्ण सवारी चालक अनुमति पत्र वितरण प्रणाली आदि विधमान रहेकाले सरकारले यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै आवश्यक अल्पकालिन तथा दिर्घकालिन कार्य योजना तयार गरी पहल कदमहरु चालिनु अति आवश्यक भएको छ ।

Continue Reading >>>

News Releases