TRAFFIC NEWS
ट्राफिक सचेतना कक्षा: मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ । ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक १० बजे Shrawan 03, Traffic Update:  न्युरोडगेट, भोटाहीटी, जमल, केशरमहल, तिनधारापाठशाला क्षेत्रमा सवारी साधन चापमा चलिरहेका छन् ।  त्रिपुरेश्वर, जडिबुटी, कोटेश्वर, चुच्चेपाटी, चावहिल, मित्रपार्क क्षेत्रमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । चाप रहेको स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरीरहेको छ । यस बाहेक
  • About Us (9)
  • News (0)

    मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ । ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक ९ बजे देखी ४ बजे सम्म ट्राफिक प्रहरी महाशाखामा संचालन हुनेछ ।

    • Traffic News (2)

      नजिकिदै गरेको होली पर्वलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष सडक सुरक्षा योजना ल्याएको छ । होली पर्वको बहानामा हुने उश्रृंखल गतिविधिहरु निरुत्साहीत गर्न, त्यस्ता गतिबिधिमाथी बिशेष निगरानी राख्न बिशेष सडक सुरक्षा योजना ल्याइएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, लागुपदार्थ सेवन गर्ने, स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रसायन पदार्थ छ्याप्ने, जवरजस्ति लोला हान्ने, तिब्र गतिमा सवारी साधन चलाउने, मोटरसाईकलमा ३ जना चढ्ने, हेल्मेट नलगाउने लगायतका उश्रृंखल गतिबिधिमा संलग्न सवारी चालक तथा व्यक्तिलाई संयुक्त रुपमा चेकिङ्ग गरी नियन्त्रणमा लिएर प्रचलित कानून बमोजिम कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरिक्षक प्रकाश अर्यालले जानकारी दिनुभएको छ ।


      विपद् प्रतिकार्यमा खटिने जनशक्तिलाई विपद् सम्वन्धी दक्ष बनाउने उद्धेश्यले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्ववाधानमा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा विपद् व्यवस्थापन दोस्रो समुहको तालिम आजबाट संचालन भएको छ ।

      बाराको गढिमाई १ मा रहेको केन्द्रिय मेडिकल स्टोर कार्यालय पथलैयामा आगलागि भएको छ । आज विहान १० वजे लागेको आगलागीबाट २ करोड ८० लाख भन्दा बढीको सामान जलेर नष्ट भएको छ । आगो स्थानीयबासी,दमकलको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

      काठमाडौँको जोरपाटीमा आज एक बृद्ध मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर घर भई जोरपाटि स्थित कृष्ण मन्दिर बस्दै आएका ६० बर्षिय लिला बहादुर भुजेल डेरामै मृत फेला परेका हुन् । हिजो देखि हराइरहेका धनुषा जनकपुरका एक बालक आज मृत अबस्थामा फेला परेका छन् ।

      काभ्रेपलान्चोकको कासिखण्ड २ को सल्लेनी फुलबारीको जंगलमा दाजुको साथमा रहेको पेस्तोलबाट गोली चल्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ बर्षिय प्रतिष लामा रहेका छन् । उनको घटनास्थल मै मृत्यु भएको हो ।

      सुनसरीको भरौल ३ को एक घरमा आज बिहान आगलागी हुदाँ १५ लाख बराबरको क्षती भएको छ । स्थानीय डाक बहादुर पौडेलको २ तले कच्ची घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेका बिभिन्न सुनचाँदी , लत्ताकपडा, भाडा बर्तन र अन्नपात जलेको बताइएको छ ।

    • Traffic Activities (8)
    • Metro Traffic FM Program Schedule (1)
  • Safety and Security (0)
  • Notice (0)
  • Services (1)
  • Press Release (1)
  • Gallery (0)