Chaitra 17, Traffic Update

देशभर आज पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन मात्र चलिरहेका छन् । अन्य सवारी साधन चलाउन भने निषेध गरिएको छ । नेपाल सरकारले गत ११ गतेबाट देशभर लक डाउन गरेसँगै  अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको छ । नेपाल सरकारले गत ११ गतेबाट एक साताका लागि गरेको लक डाउन पुनः लम्बिएको छ । लक डाउनका कारण देशभर आज पनि अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन मात्र चलिरहेका छन् ।  नेपाल सरकारले गत ११ गतेबाट देशभर लक डाउन गरेसँगै  अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको छ । 

लकडाउनको अवज्ञा गर्ने १ हजार ८ सय ८८ जनालाई आज काठमाडौँ उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहानैबाट यो समाचार तयार पार्दासम्म काठमाडौँ जिल्लाबाट १ हजार ६ सय ५० जना पक्राउ परेको र ती मध्ये १ हजार ८ सय ३८ जनालाई छोडिएको छ । भक्तपुरबाट ८४ जना नियन्त्रणमा लिएको र ६६ जनालाई छोडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यस्तै ललितपुरबाट नियन्त्रणमा आएका १५४ जना र भक्तपुरबाट नियन्त्रणमा आएका ८४ जनालाई पनि केही समय अगाडी छोडिएको छ । 

नेपाल सरकारले लागु गरेको लकडाउन अवज्ञा गर्ने २२७ ओटा सवारी साधनलाई पनि आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । २१२ ओटा दुई पाङ्ग्रे र १५ ओटा चार पाङ्ग्रेलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नियन्त्रणमा लिएका सवारी साधन राती समय मिलाएर ट्राफिक प्रहरीले छोड्ने गरेको छ । सवारी साधन नियन्त्रणमा लिए पश्चात त्यसमा सवार व्यक्तिलाई भने ट्राफिक प्रहरीले जनपद प्रहरीको जिम्मा लगाउँदै आएको छ ।

कोरोना भाइरसकोभिड १९ को सम्भावित महामारी निगरानी गर्न काठमाडौँ महानगरपालिकाले हिजो एक मोबाइल एप्लिकेशन सार्वजनिक गरेको छ । नेपाल कोभिड १९  निगरानी प्रणाली नामक मोबाइल एप सार्वजनिक गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगर प्रमुख विद्या सुन्दर शाक्यले यो प्रणालीको शुभारम्भ गर्नु भएको हो । विशेषज्ञ डाक्टर, तथ्याङ्क विश्लेषज्ञ र भौगोलिक सुचना प्रविधि विशेषज्ञले विश्लेषण गरेर त्यसका आधारमा जिज्ञाशु प्रयोगकर्तालाई सूचना दिने कार्य यो एपले गर्दछ । यस प्रणालीबाट संक्रमणको आशंका भएका व्यक्तिहरु अस्पताल गएर भीड हुन अवस्थामा कमी ल्याउने छ । महानगरले तथ्यमा आधारित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण र व्यक्तिले घरबाट सेवा पाउने अवसर प्राप्त गरेका छन् ।