TRAFFIC NEWS
ट्राफिक सचेतना कक्षा: मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ । ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक १० बजे Bhadra 05, 02:30 PM: काठमाडौँ उपत्यका स्थित जडिबुटी, कोटेश्वर हुँदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । यसबाहेक चुच्चेपाटी, नयाँबानेश्वर, त्रिपुरेश्वर, थापाथली पुतलीसडक, केशरमहल, सोह्रखुट्टे, एकान्तकुना, ग्वार्को र नारायणगोपाल चोकमा भने सवारी साधन ट्राफिक ब्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको ट्राफिक कन्ट्रोल

Bhadra 05, 02:30 PM

काठमाडौँको  कलंकी स्थित ढुङ्गे अड्डामा आज मोटरसाइकल र स्कुटर आपसमा ठोकिंदा २ जना घाइते भएका छन् । दुवै सवारी साधन चालकहरु घाइते भएको र कलंकी स्थित नेपाल नेश्नल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत कालीमाटीले जनाएको छ । आज विहान ९ बजे प्रदेश  ३ - ०२ ००७ प ३१७२ नम्बरको मोटरसाइकल र बा ५१ प ३२९० नम्बरको स्कुटर आपसमा ठोकिएका थिए । काठमाडौँको गोठाटारमा भने आज मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते भएका छन् । घाइते हुनेमा बौद्ध बस्ने ओखलढुङ्गाका २५ वर्षीय भक्त बहादुर तामाङ रहेका छन् । उपचारको लागि तामाङलाई ग्वार्को स्थित बि एण्ड बि अस्पताल पठाइएको छ । आज विहान साढे ६ बजे प्रदेश ३- ०२ ००१ प ४५१९ नम्बरको मोटरसाइकलले तामाङ सवार रहेको साइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ । 

कञ्चनपुरको पुर्नबास नगरपालिका १० सिम्रीमा आज अटो रिक्सा ट्याक्टरमा ठोकिंदा २ जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार पुर्नबास नगरपालिका १० विकास वस्तीकी ४० वर्षीया पद्मा सुनार र ३५ बर्षीया काली सुनार घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि धनगढी स्थित सेती अञ्चल अस्तपाल पठाइएको छ । आज विहान साढे ९ बजे भिमबस्तीबाट बेलौरीतर्फ जाँदै गरेको से १ ह ३०५७ नम्बरको अटो रिक्सा से १ त ९८९० नम्बरको ट्याक्टरमा ठोकिन पुगेको थियो । रिक्सा चालक प्रहरीको नियन्त्रणमा छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ ढबाहामा आज माइक्रो बसको ठक्करबाट स्कुटरमा सवार वृद्धा घाइते भएकी छिन् । स्कुटरमा पछाडी सवार बुटवल १२ तामनगरकी ६० वर्षीया शिव कुमारी शेरचन घाइते भएको र उपचारको लागि प्रादेशिक अस्पताल पठाइएको रुपन्देही प्रहरीले जनाएको छ । स्कुटर चालक भने सकुशल रहेका छन् । आज विहान पौने ९ बजे लु १ ख ७४९४ नम्बरको माइक्रो बसले लु १३ प ४५९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।