TRAFFIC NEWS
ट्राफिक सचेतना कक्षा: मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ । ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक १० बजे Shrawan 03, Traffic Update:  न्युरोडगेट, भोटाहीटी, जमल, केशरमहल, तिनधारापाठशाला क्षेत्रमा सवारी साधन चापमा चलिरहेका छन् ।  त्रिपुरेश्वर, जडिबुटी, कोटेश्वर, चुच्चेपाटी, चावहिल, मित्रपार्क क्षेत्रमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । चाप रहेको स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरीरहेको छ । यस बाहेक

Shrawan 03, Traffic Update

 पाल्पाको रम्भा गाँउपालीका ४ हुमिनमा आज बिहान पहिरो झर्दा तानसेन–रामपुर सडकखण्ड अवरुद्ध भएको छ । बिहान पौने ७ बजे, बाट अवरुद्ध सडक खुलाउने पहल भैरहेको छ । 

बाजुराको जगन्नाथ गाँउपालीका ५ घुकाखोलामा आज बिहान जिप दुर्घटना हुंदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बाजुराको पिलुचौरबाट कालिकोटको जितेगडा तर्फ १५ जना यात्रु लिएर जादै गरेको क १ ज २१ नम्बरको जिप आज बिहान साढे ८ बजे, दुर्घटना भएको थियो । दुर्घटनामा चालक कैलालीको टिकापुर नगरपालीका ४ का २६ बर्षीय रमेश बोगटी र जिपमै सवार नाम, थर ठेगाना नखुलेका अर्का एक पुरुषको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागी स्थानिय मेडिकल पठाइएको छ । जिपमा सवार २ जना भने सकुशल रहेका छन् ।