TRAFFIC NEWS
ट्राफिक सचेतना कक्षा: मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ । ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक १० बजे Shrawan 03, Traffic Update:  न्युरोडगेट, भोटाहीटी, जमल, केशरमहल, तिनधारापाठशाला क्षेत्रमा सवारी साधन चापमा चलिरहेका छन् ।  त्रिपुरेश्वर, जडिबुटी, कोटेश्वर, चुच्चेपाटी, चावहिल, मित्रपार्क क्षेत्रमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । चाप रहेको स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरीरहेको छ । यस बाहेक

Other Notices

CCTV control Room पुन: संचालन

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक, व्यवस्थित एवं प्रभावकारी बनाउने उद्धेश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा मिति २०७०।०६।१५ गतेबाट संचालन भई रहेको CCTV Control Room सडक मर्मतको कारण २०७२।०४।०२ गतेबाट अबरुद्ध भएकोमा हाल २०७२।११।१९ गतेबाट पुन संचालन गरिएको जानकारी गराईन्छ ।

नम्बर प्लेट

सवारी धनीहरुलाई जानकारी

 यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ मा उल्लेखित भए बमोजिम सवारी साधनको नम्बर प्लेट निम्नानुसार बर्गिकरण गरिएकोमा कतिपय सवारी साधनहरुमा सो बमोजिम गरेको नपाईएकोले ऐनमा तोकेबमोजिम नगर्ने सवारी साधनहरुलाई नियमअनुसार कारवाही भई जाने व्यहोरा सूचित गरिएको छ ।

  • ठूलो र मझौला सवारी साधनको हकमा नं प्लेटको हकमा १४"/८" साना चार पाङ्गे सवारी साधनको हकमा १२"/७" तिनपाङ्गे सवारी साधनको हकमा १०"/७" र दुइपाङ्गै सवारी साधनको हकमा ८"/५" इन्च हुनु पर्नै छ ।
  • नम्बर प्लेटमा लेखिने अक्षर र अंकको साईज ठूलो तथा मझौला सवारी साधनको हकमा कम्तीमा ३" अग्लो र १"/२" मोटो, साना चार पाङ्गे मोटो, साना चार पाङ्गे तथा तिन पाङ्गे सवारी साधनको हकमा २" अग्लो र १/२" मोटो तथा दुइ पाङ्गे सवारी साधनको हकमा २ इन्च अग्लो तथा ३/८" मोटो हुनु पर्दछ ।
  • नम्बर प्लेटको चारै तिर १/२" मो.सा स्कूटर आदिको प्लेटमा १/४" छोडेर अंक र अक्षरमा लेख्नु पर्दछ । अंक र अक्षर बिचको दूरी कम्तिमा १/४" तथा तल्लो र माथिल्लो लाईनको दुरी कम्तिमा १/२"  हुनु पर्दछ ।