TRAFFIC NEWS

Violation and Fine

सि.नं

क) यातायात मार्फत जरिवाना हुने कसुरहरुः

१.सवारीको स्वरुप परिवर्तन तथा मोडिफाई गरेको ।
२.वास्तविक नम्बर प्लेट नराखी आफुखुसी नम्बर राखी सवारी चलाएको वा चलाउन लगाएको ।
३.प्रशिक्षण केन्द्र,कारखाना तथा वर्कसप संचालन गर्न अनुमति लिनुपर्ने।
(ख) रु.१००० देखि रु.५००० सम्म जरिवाना हुने कसुरहरु
. निर्धारित भाडा भन्दा बढि भाडा लिई सवारी चलाएमा

 

(ग) रु१००० देखि रु.१५०० सम्म जरिवाना हुने कसुरहरु
१.दर्ता नगरी सवारी चलाएमा ।
२. विदेशमा दर्ता भएको सवारी अनुमति नलि चलाएमा ।
३. बाटो इजाजत पत्र नलिई सार्वजानिक सवारीले यातायात सेवा संचालन गरेमा

 

 

(घ) रु १००० जरिवाना हुने कसुरहरु
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको ।
२.सार्वजानिक स्थानमा बाधा पुग्नेगरी माल सामान वा सवारी राखेको/चलाएको ।
३. दुर्घट्नामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पु-याएको ।
४. मादक पदार्थ सेवन गरी चलाएको ।
५. सवारी  चालक अनुमति पत्र प्राप्त नगरेको व्याक्तिलाई सवारी चलाउन दिएमा ।
६.सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।

 

 

 ५

 

(ङ) रु.५०० देखि रु.१५०० सम्म जरिवाना हुने

 १.ट्राफिक संकेत वा इसारा उल्लघंन गरी सवारी चलाएको ।
 २. सवारी अड्याउन निषेध गरीएको ठाउँमा वा समयमा सवारी अड्याएमा ।
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि संकेत दिएको
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि संकेत दिएको
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको ।
५. एकत्रफि सडकमा स्वबिपरित सवारी चलाएको ।
६.अवस्था ठिक नभएको सवारी चलाऐको ।
७.राती बत्ति नबालि सवारी चलाएको ।
८. सवारी चलाउन निषेध गरिएको ठाउमा वा समयमा सवारी चलाएको ।
९. नम्वर प्लेट नराखी सवारी चलाएको ।
१०.पेटी नवाँधी वा हेल्मेट नलगाई सवारी चलाएको ।
११.सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको ।
१२. लहापर्वाहिका साथ सवारी चलाएको ।
१३.सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी  वजनको सवारि चलाएको ।
१४. स.चा.अ.प.,स.द.कि.,स.इ.प. साथमा नराखि सवारी चलाएको ।
 ६  (च) रु.२०० देखि १००० सम्म जरिवाना हुने कसुरहरु :
 १.यात्रुवहाक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित नराखेमा ।
 २. सार्वजनिक सवारीमा धुम्रपान गरेमा
 ३.खतरा पुर्ण  मालसामानहरु ढुवानि गर्न महालवहाक सार्वजनिक सवारीले संकेतिक चिन्ह देखिनेगरी नराखि सवारी चलाएमा ।
 ४. मानिसहरु पेटीभएको सडकमा पेटीबाट नहिडि सडकबाट हिडेमा ।
 ५. पैदल हिड्ने मानिसहरुले निर्धारित स्तानबाट बाटो नकाटी अन्यत्र बाट बाटो काटेमा ।
६.यात्रुबहाक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्रमा लेखीएको सिट संख्या भन्दा बढी यात्रु राखि सवारी चलाएमा ।
७. लामो वाटोमा यातायात सेवा संचालन गर्ने यात्रु बाहक सार्वजनिक सवारीमा कम्तिमा दुई जना चालक राखि पालैपालो सँग सवारी नचलाएमा ।
८. गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गति भन्दा बढी बेगले सवारी चलाएमा ।
९.तोकिएको ढाँचा अनुसारको टिकट जारी  नगरेमा ।
१०. सवारीको अन्य भागमा मानिस राखेको ।
११.अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको ।
१२.परिजन विपरित सवारी चलाएको ।
१३ . पटके बाटो इजाजत पत्र नलिइ सवारी चलाएमा ।

 

     

 २४ घण्टे पुर्जि प्राप्त गरेपछि को Procedure:


१) ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरी ले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम चालक वा व्यवस्थापक बाट स.चा.अ.प. स.द.की वा स.इ.प. लिएर २४ घण्टे पुर्जि दिने गरेको छ ।
२) उक्त पुर्जि प्रत्येक ट्राफिक प्रहरी ले स्थलमा नै उपलव्ध गराउछन् ।
३) पुर्जि प्राप्त गरेको २४ घण्टामा सम्वन्धित ट्राफिक प्रहरी कार्यालय मा संपर्क राखी जरिवाना रकम वुझाउनु पर्ने छ ।

सडकमा सवारी साधन चलाउँदा ट्राफिक नियम तथा सवारी तथा यातायात व्यवस्था ऐन नियमको उल्लंघन भई ट्राफिक प्रहरीको कारवाहीमा परि ट्राफिक प्रहरीद्धारा खिचिएका कागजपत्रको जरिवाना तिरी कागजपत्र फिर्ता लिनको लागी कहाँ कहाँ सर्म्पर्क राख्‍ने :-

 

  • ट्राफिक प्रहरी प्रभाग कमलपोखरी :- भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कालोपुल, हाँडिगाउँ, गैरिधारा, छातेगणेश, भगवतीवहाल, ल्होत्से, डिल्लीबजार, नागपोखरी, रातोपुल क्षेत्रमा समातिएका सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग कमलपोखरीमा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी बृत दरबारमार्ग  :- लैनचौर, खानिबिभाग, टुकुचा, जयनेपाल, दरबारमार्ग, केशरमहल,महेन्द्र शालिक,जमल, रत्नपार्क, भोटाहिटी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन र कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।
  • ट्राफिक प्रहरी प्रभाग सोहृ्खुट्टे :- गल्खुपाखा चोक,सोहृ्खुट्टे,नयाँबजार,खुसिबु,सामाखुसी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग सोहृहखुट्टमा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नुपर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी बृत महाराजगं :- नारायणगोपालचोक, बसुन्धरा,  बाँसवारी, चप्पलकारखाना, टिचिङ्ग, एकेडेमीमोड, पानीपोखरी, लाजिम्पाट, बालुवाटार, क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी बृत महाराजगंजमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठ :- हात्तीगौंडा,बुढानिलकण्ठ,टोखा क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठमा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्पुटर शाखामा संपर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधारा :- धुम्बाराही,सुकेधारा,निलोपुल,आकासेधारा,गोपिकृष्ण,हाँडिगाउ क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग सुकेधारामा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्कराख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी बृत बौद्ध :-चुच्चेपाटी,बौद्धगेट,पिपलबोट,जोपाटी,नारायणटार,थली,साँखु,गोकर्ण सुन्दरीजल अत्तरखेल,कपन,गौरिघाट क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी बृत बौद्धमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्कराख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला :- ओमअस्पताल, चाबहिल, मित्रपार्क, उमाकुण्ड, कालोपुल, रातोपुल, मैतिदेबी, पुरानोबानेश्वर, तिलगंगा, फुलबारी , गौशाला चोक, सिफल क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग गौशालामा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग एयरपोर्ट :- तिलगंगा,गोल्डेन गेट,सिनामंगल क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा सर्म्पर्क राख्ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी बृत कोटेश्वर :- जडिबुटी, कोटेश्वर, तिनकुने, गैरिगाउँ, शान्तिनगर गेट,मिनभवन, बिजुलीबजार, पानि ट्याङकी,शंखमुल, बालकुमारी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी बृत कोटेश्वरमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्कराख्नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली :- खाद्य गोदाम अगाडी, थापाथली, प्रसुतिगृह, त्रिपुरेश्वर क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी प्रभाग थापाथलीमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग जनसेवा :- आरएनएसि, बिरअस्पताल, न्युरोड गेट, जुद्धशालिक, हनुमानढोका, दरबार स्क्वायर क्षेत्र, सुन्धरा, महाबौद्ध, बाङ्गेमुडा क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग जनसेवामा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी बृत कालिमाटी :- कालिमाटी चोक, बल्खु, टेकु, भोटेवहाल,कनक, परोपकार,सोल्टीमोड, ताहाचल,  फर्पिङ, किर्तिपुर क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी बृत कालिमाटीमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी :- कलंकी चोक, खसिबजार, बाफल, ढुङ्गेअड्डा, स्वयम्भु, थानकोट,नागढुँगा, सितापाईला क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी प्रभाग कलंकीमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी :- ठिमी नयाँबाटो, सल्लाघारी, र्सर्ुयबिनायक, जगाती, नलिनचोक, पलासे, सागाँ,नगरकोट अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता  सम्म ट्राफिक प्रहरी प्रभाग सल्लाघारीमा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर :- मनहरापुल, गठ्ठाघर चोक, सानो ठिमी, अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले एक हप्ता सम्म ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरमा सर्म्पर्क राख्‍ने र एक हप्ता पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो :-  एकान्तकुना, कुपण्डोल,जावलाखेल, स्टार हस्पिटल अगाडी, पुरानो प्रभाग अगाडि, चापागाउँ अफिस, टिकाभैरव, लेले, कालो पुल कानदेवताथान, हरिहर भवन, कुमारीपाटी, चापागाउँमोड, ग्वार्को, सातदोबाटो, लगनखेल, पाटनअस्पताल, महालक्ष्मीस्थान, वालकुमारी, बाँडेगाउ , गोदावरी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले तीन महिना सम्म ट्राफिक प्रहरी परिसर सातदोबाटोमा सर्म्पर्क राख्‍ने र तीन महिना पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा संपर्क राख्‍नु पर्दछ ।

नोट: मा.प.से. तथा लेन कारवाहीमा उपत्यका स्थित जुनसुकै स्थानमा कारवाहीको लागी समातिएको कागतपत्रहरु फिर्ता लिनको लागी २४ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी  महाशाखा रामशाह पथमा सम्पर्क गर्नु हुन अनुरोध ।