ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

विज्ञप्ती

२०७९-०७-२५

  • A
  • A-
  • A+
Share

रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरेर र मदिरा पिएर सवारी साधन चलाइ कारवाहीमा परेका चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा दिइदैँ आएको सचेतना कक्षा कार्तिक २७ गते देखि मंसिर १० गतेसम्मका लागि स्थगित गरिएको छ । सचेतना कक्षा मंसिर ११ गते आइतबारबाट पुनः नियमित रुपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरेर र मदिरा पिएर सवारी साधन चलाइ कारवाहीमा परेर तानिएका कागजपत्र सचेतना कक्षा लिए पश्चात मात्र सवारी चालकलाई फिर्ता गरिनेछ ।   

                      काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, काठमाडौँ

सम्बन्धित समाचार
मंसिर १४, मध्यान्ह १२:०० बजेको, ट्राफिक अपडेट
२०८०-०८-१४

काठमाडौँको लैनचौर र गल्कोपाख हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक उपत्यकाका अन्य मुख्य-मुख्य चोकहरूमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको  छ । विशेषगरि सातदोबाटो, ग्वार्को, कोटेश्वर, गौशाला, चाबहिल, नारायणगोपालचोक, बालाजु, सोह्रखुट्टे, केशरमहल, पुतलीसडक, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र  नयाँबानेश्वर लगायतका चोकमा सवारी साधन केही समय रोकिनु पर्ने अवस्था रहेको हो । नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको छ ।  

कात्तिक १०, दुर्घटना खवर ।
२०८०-०७-१०

रौतहटको माधवनारायण नगरपालिका ७ फूलवरियामा आज बिहान बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । ना ६ प १४ ६३ नम्बरको बसले घर अगाडी बसिरहेका अन्दाजी ६५ बर्षीय  ब्रहमदेव दासलाई आज बिहान ६ बजे ठक्कर दिएको थियो । घाईते भएको दासको प्रादेशीक अस्पताल गौरमा उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको हो । बस चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पिपरराजवाडा रौतहटले जनाएको छ। कैलालीको गौरीगंगा नगरपालिका २ झिलमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गौरीगंगा नगरपालिका २ कटानका अन्दाजी ७३ बर्षीया पावनी देवी साउँद रहेकी छिन् । नि:सर्ग अस्पताल धनगढीमा उपचारको क्रममा बिहान सवा ८ बजे उनको मृत्यु भएको हो । भे ७ प ५३ ८१ नम्बरको मोटरसाइकलले आज बिहान साढे ६ बजे पैदलयात्री बृद्धालाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका २ सम्झनाचोकमा आज जिपको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन्   । बा २० च ५३ ५३ नम्बरको जिपले पैदलयात्री कैलालीकै  बर्दगोरिया गाउँपालिका २ बौनियाँ बस्ने  ५६ वर्षीया  कोकिला देवी जैशीलाई आज बिहान सवा ९ बजे ठक्कर दिएको थियो ।  जिपको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि नेपालगञ्ज बाँके पठाइएको छ । जिप सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीले जनाएको छ । 

“ नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन २०८० (POLICE BATON-2080) को सर्वोत्कृष्ट ट्राफिक ‍ प्र.का.प्रमुख द्वारा पुरस्कृत ”
२०८०-०६-२९

नेपाल प्रहरी कार्यदक्षयता मुल्याङ्कन (POLICE BATON), २०८० को क्रममा गरिएको अनुगमन तथा मुल्याङ्कनमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सम्पादित काम कारवाहीहरु उत्कृष्ट देखिई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरु मध्ये यस कार्यालय सर्वोत्कृष्ट राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालयको रुपमा मुल्याङ्कित हुन सफल भएकोमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरीएकोमा प्रशंसा-पत्र प्रदान भएको छ ।