काठमाडौँको माइतीघर- बबरमहल – नयाँबानेश्वर सडकखण्ड हुँदै चल्ने सवारी साधन चल्न सकेका छैनन् । मानिसहरू भेलाजम्मा भएका कारण उक्त सडकखण्डमा चल्ने सवारी साधनलाई नयाँबानेश्वरचोक, माइतीघर, हनुमानथान नजिकैको पुल लगायतका स्थानबाट डाईभर्सन गरिएको छ । माइतीघरबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ । सवारी चापको व्यवस्थापनका लागि रिंङरोड भएर बानेश्वर माईतिघर सडकखण्ड तर्फ आउने भाडाका सबै सवारी साधनलाई विभिन्न स्थानबाट डाईभर्सन गरिएको छ । डाईभर्सनका कारण पुरानोबानेश्वर, हनुमानथान, थापागाउँ, थापाथली, कुपण्डोल र त्रिपुरेश्वर हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेकका मुख्य चोकहरूमा भने सवारी साधन ट्राफिक व्यवस्थापनको क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधनको आवागमन भने सामान्य रहेको छ ।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित तथा नागरिक मैत्री बनाउने उदेश्यको साथ आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केदार प्रकाश साउद, कमल सिंह बम र अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोद चन्द्र गुरुङ्गसँग उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालय प्रमुख सहितको सहभागितामा छलफल, अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको । यस छलफल तथा अन्तरक्रिया कार्यक्रममा आएको विषयको सम्बोधन गरी नागरिकमैत्री सेवामा तत्पर रहन यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सम्पूर्ण यूनिट ईन्चार्जहरुलाई निर्देशन समेत दिनुभएको ।
आज मिति २०८२।०५।०३ गते , नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८२-०५-०३ गते मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज के.सी. सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, ट्राफिक प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको अबलोकन तथा निरीक्षण गर्नुका साथै कार्यालयको समग्र काम कारवाहिको सम्बन्धमा समग्र बिषयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीवाट प्रस्तुतीकरण भएको थियो ।