ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
असोज ०५, दिउँसो ०२:०० बजे, ट्राफिक अपडेट
२०८०-०६-०५

काठमाडौं उपत्यका स्थित माईतीघर  हुँदै सञ्चालन हुने सवारी साधन पुर्ण रुपमा प्रभावित भएका छन् । माइतीघर मण्डला वरपर मानिसहरू भेला जम्मा भएका कारण बबरमहल, सिंहदरबार र थापाथलीबाट माइतीघर चोक तर्फ जाने सवारी साधन प्रभावित भएको हो । सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले ठुला सवारी साधनलाई रिङरोडको गौशाला, तीनकुने, कलंकी, बल्खुबाट डाईभर्सन गरिएको छ । यस्तै साना सवारी साधनलाई पनि हनुमानस्थान, नयाँबानेश्वर, थापाथली, भद्रकाली, पद्मोदयमोड,  र घण्टाघरबाट  डाईभर्सन गरिएको छ । डाइभर्सनका कारण हनुमानस्थान, अनामनगर, शान्तीनगर, बुद्वनगर, तीनकुने  पुरानोबानेश्वर, लोत्सेचोक, गौशाला, ग्वार्को, माईतीघर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, कुलेश्वर,  टेकु र कोटेश्वर चोकमा सवारी साधन  क्युमा चलिरहेका छन् । सहज यात्राका लागि पैदलयात्री तथा सवारी  चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।  यसबाहेक उपत्यकाका अन्य मुख्य चोकहरुमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिन पर्ने छ । 

भदौ ३१, दुर्घटना अपडेट ।
२०८०-०५-३१

दाङको तुल्सिपुर उपममहानगरपालिका ६ मा आज फोर्स गाडीको ठक्करबाट अटोमा सवार एक बालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका अटोमा सवार दाङको तुल्सिपुर उपमहानगरपालिका १६ का १३ वर्षीय बालक दामोदर भण्डारीको उपचारको क्रममा प्रादेशिक अस्पताल तुल्सिपुरमा मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका अटो चालक सहित चार जनाको सोही अस्पतालमै उपचार भइरहेको छ । लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले रा १ ह ४४५९ नम्बरको अटोलाई आज बिहान साढे ९ बजे ठक्कर दिएको थियो । दुबै सवारी साधन सहित फोर्स गाडी चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

भदौ २९, दुर्घटना खवर ।
२०८०-०५-२९

सप्तरीको रुपनी गाउँपालिका १ मा  गएराती मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार महिलाको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् । रुपनीबाट राजबिराजतर्फ जाँदै गरेको स ४ प ५७ ६० नम्बरको मोटरसाइकल  गएराती पौने ११ बजे अनियन्त्रित भइ पल्टिको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडी सवार सप्तरीकै रुपनी गाउँपालिका ३ हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखियाको उपचारको क्रममा युनिक अस्पतालमा  मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सप्तरीकै रुपनी गाउँपालिका ३ हर्दिया टोलका ५० वर्षीय  हरेराम मुखियाको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्युठानको माण्डवी गाउँपालिका ३ देवीस्थानमा गएराति मोटरसाइकल दुघटना हुँदा २ जना घाइते भएका छन् । मोटरसाइकल चालक प्युठानकै नौबहिनी गाउँपालिका ८ लुप्लुङका २७ वर्षीय माधव भण्डारी र पछाडि सवार माण्डवी गाउँपालिका ३ नयाँगाउँका ४२ वर्षीय राम बहादुर कार्की घाइतेभ एका हुन्। घाइते दुवैको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरी चौकी देवीस्थानले जनाएको छ । दाङको भालुवाङबाट प्युठान गएको लु १० प २९८२ नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे अनियन्त्रित भएर नालिमा खसेको थियो । रुपन्देहीको सियारी गाउँपालिका ७ मा हिजो साँझ मोटसाइकलको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ४ वर्षीया अनुषा थारु रहेकी छिन् । सिटी अस्पताल भैरहवा उनको उपचार भइरहेको छ । लु ३६ प ३६४ नम्बरको मोटरसाइकलले हिजो साँझ ६ बजे बालिकालाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीले नियन्त्रणमा लिएको  छ । 

भदौ २६, दुर्घटना खवर ।
२०८०-०५-२६

सप्तरीको  सुरुङगा नगरपालिका  २ भेडियामा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक सुरुङगा नगरपालिका ३ का २० वर्षीय निश्चल चौधरी र पैदलयात्री स्थानीय ६७ वर्षीया अघनिया देवी कोइरी रहेका छन् । घाइते मध्ये पैदलयात्री कोइरीको अवस्था गम्भीर रहेकाले उपचारका लागि बिराटनगर पठाइएको छ । चौधरीको भने सप्तऋषी असपतालमा उपचार भइरहेको छ । हिजो बेलुकी पौने ९ बजे प्रदेश २-०१-००२ प २३ ४८ नम्बरको मोटरसाइकल, पैदलयात्री कोइरीलाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय भेडिया सप्तरीले जनाएको छ ।