ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
वैशाख ३१ गते, मध्यान्ह १२:०० बजेको, ट्राफिक अपडेट
२०८१-०१-३१

काठमाडौँ उपत्यका स्थित माइतीघर, थापाथली, कुपण्डोल र पुल्चोक हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् । यसबाहेक उपत्यकाका अन्य मुख्य-मुख्य चोकहरूमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था छ । कोटेश्वर, नयाँबानेश्वर, त्रिपुरेश्वर, कालिमाटी, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु, नारायणगोपालचोक, चावहिल, गौशाला ग्वार्को, सातदोबाटो लगायतका चोकहरूमा सवारी साधन केही समय रोकिनु पर्ने छ । ललितपुरको मंगलबजार-महापाल सडकखण्डमा रातो मच्छिन्द्रनाथ र मिननाथको रथ राखिएका कारण सवारी साधनलाई आज पनि डाईभर्सन गरिएको छ । ठूला सवारी साधनलाई न:टोलबाट र अन्य सवारी साधनलाई भने गा:बहाल र मंगलबजारबाट डाईभर्सन गरिएको ट्राफिक प्रहरी प्रभाग मंगलबजारले जनाएको छ । भत्केको पुल स्थित मुख्य सडकमा खाल्डाखुल्डी भएका कारण सिनामंगल-पुरानो बानेश्वर सडकखण्ड हुँदै चल्ने ठुला सवारी साधनलाई पनि डाईभर्सन गरिएको छ । साना सवारी साधन भने सञ्चालन भइरहेका छन् ।