ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
परिचय

 

काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव , सिमित साँघुरा सडकहरू , सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ ।यसका साथै काठमाण्डौ उपत्यकाको शहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधारहरु निर्माण हुन नसक्नु , सार्वजनिक यातायात क्षेत्रमा अस्वस्थ एवं अवैज्ञानिक प्रतिस्पर्धा रहेका कारण सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । सडक र यातायातसँग समबन्धित पक्षले यस्ता चुनौतीलाई अवसरका रुपमा लिएर यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै अल्पकालिन तथा दिर्घकालीन कार्य  योजना तयार गरी कार्यान्वयन गरिनु अति आवश्यक भएको छ ।

 

सामान्य तथा विशेष परिस्थितिमा समेत ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गरी विद्यमान ऐन नियमको पालना गराउनुका साथै सवारी नियम उल्लंघनकर्ताहरुलाई जरिवाना गराउने , सडक दुर्घटनाको प्रभावकाउरी अनुसन्धान , घाइतेको उद्धार गरी पिडितलाई न्यायमा सहजीकरण गर्ने गर्दछ । यस्तै हराएका सवारी साधन तथा माससमानहरुको  खोजतलास गर्नुका साथै ट्राफिक जनचेतनाको अभिवृद्धी सहितको ट्राफिक व्यवस्थापन समबन्धी सूचना प्रवाह गर्नुका साथै यात्रुको सुरक्षित एवं मर्तादित यात्रा गर्न पाउने अधिकार सुनिश्चित तथा सडक सभ्यता कायम गरी दुर्घटना न्यूनीकरणका लागी सम्पूर्ण प्रयास गर्नु ट्राफिक प्रहरीको महत्वपूर्ण कार्यभित्र पर्दछ ।

 

नेपाल प्रहरीले देशभर लागु गरेका समुदाय प्रहरी साझेदारी अभियान , सडक र सवारी क्षेत्रमा समेत सान्दर्भिक देखिन्छ । सबै सडक प्रयोगकर्ताले  सडक र सवाटरी नियम पालना गरे मात्र यात्रा सुरक्षित रहन्छ । नागरीकबाट हुने नियम पालना मात्रैले पनि साझेदारी अभियानलाई मुर्तता प्रदान गर्दछ । यसका लागि सरोकारवाला सबै पक्षहरुको सहभागिता समेत अनिवार्य भईसकेको छ ।

 

काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको कार्य क्षेत्रभित्र पर्दछ । तसर्थ आफ्नो जिम्मेवारीमा संवेदनशील भई ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागि परेको छ । सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन गर्दै ट्राफिक नियम र सडक अनुशासन पालना गरी सडक सभ्यताको विकास गर्नु हामी सबैको साझा दायित्व हो ।

 

 मिशन

“काठमाण्डौ उपत्यकमा सुरक्षित , मर्यादित , व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापन ”

 

मूल्य र मान्यता

(१)    कानून कार्यान्वयनमा कठोरता , आचरण ,र व्यवहारमा शिष्टता ।

(२)    सडक सुरक्षामा प्राथमिकता , जनचेतनाको आवश्यकता ।

(३)    प्रदुषणमुक्त र प्रविधियुक्त ट्राफिक व्यवस्थापन ।

(४)   सरोकारवाला निकायको प्रयास , ट्राफिक नियमको अभ्यास ।

 

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको दरबन्दी संख्या 

 सि.नं.

दर्जा

कार्यरत संख्या

प्रहरी वरिष्ठ उपरीक्षक (प्र.व.उ.)

प्रहरी उपरीक्षक (प्र.उ.)

प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.)

प्रहरी निरीक्षक (प्र.नि.)

२७

प्रहरी  बरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.)

२६

प्रहरी नायब निरीक्षक (प्र.ना.नि.)

५२

प्रहरी सहायक निरीक्षक (प्र.स.नि.)

११०

प्रहरी बरिष्ठ हवल्दार (प्र.ब.ह.)

५५

प्रहरी हवल्दार (प्र.ह.)

१६५

१०

प्रहरी सहायक हवल्दार (प्र.स.ह.)

२०७

११

प्रहरी जवान (प्र.ज.)

४१७

१२

प्रहरी कार्यालय सहयोगी (प्र.का.स.)

४७

जम्मा संख्या

१११३