ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
हाम्रो मिशन

 

ट्राफिकको सहज र सुरक्षित प्रवाहको उच्चतम स्तर हासिल गर्न

उद्देश्य:

  • दुर्घटना न्यूनीकरण र रोकथाम गर्ने ।
  • ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन।
  • सडक प्रयोगकर्ताहरू माझ अनुशासनको भावना जगाउने र विद्यालयका बालबालिका लगायत जनतालाई सडक सुरक्षा बारे शिक्षित गर्ने।
  • विशेष अवसरहरू र VIP movement का लागि जनतालाई न्यूनतम असुविधाको साथ सहज र सुरक्षित ट्राफिक आवागमन सुनिश्चित गर्ने।
  • जनताका आवश्यकताहरूप्रति उत्तरदायी र संवेदनशीलताको भावना विकास गर्ने।
  • विभिन्न तनावपूर्ण अवस्थाहरूमा जनतालाई सहायता प्रदान गर्ने जस्तै दुर्घटना पीडितहरूलाई तत्काल प्राथमिक उपचारप प्रदान गर्ने।
  • ट्राफिक प्रहरीको जनशक्ति विकास गर्ने ।
  • ट्राफिकको सहज र सुरक्षित प्रवाहको लागि पूर्वाधारको समन्वित विकासमा विभिन्न निकायहरूलाई सहयोग र सल्लाह दिने।
  • वातावरणको संरक्षण सुनिश्चित गर्ने र ध्वनि र वायु प्रदूषणको रोकथामका लागि उपयुक्त कदम चाल्ने।
  • ट्राफिक व्यवस्थापनमा जनताको सहभागिता र संलग्नतालाई प्रोत्साहन गर्ने ।