Baishakh 2, Traffic Update
काठमाडौको उपत्यकाको मुख्य मुख्य चोकमा यतिबेला सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । त्रिपुरेश्वर, कालिमाटी, केशरमहल, पुतलिसडक, सिंहदरबार, नयाँबानेश्वर, कोटेश्वर, जडिबुटी, गौशाला, चावहिल, नारायणगोपालचोक, बालाजु, कलंकी, सातदोबाटो लगायतका चोकमा सवारी साधन केही समय रोकिनु पर्ने अवस्था रहेको हो । विभिन्न नाका प्रयोग गरी काठमाडौ उपत्यका भित्रिने र बाहिरीने सवारी साधनको आवागमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।