चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण ।
२०८३-०४-२८
- A
- A-
- A+
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।
मिति २०८३/०४/२८ गते यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूद्वारा ३० वटा मोटरसाइकल र २० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो।
सवारी साधन चोरी हुन नदिन सचेत रहौँ, आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्क गरौँ र आवश्यक सुरक्षा उपाय अपनाऔँ।