काठमाडौं मोडल कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास तथा सचेतना कार्यक्रम सम्पन्न ।
२०८३-०३-०९
- A
- A-
- A+
काठमाडौं मोडल कलेज, बागबजारमा अध्ययनरत विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास गराई ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (प्र.ब.उ.) सुरेश प्रसाद काफ्लेज्यूले विद्यार्थीहरूलाई सुरक्षित सडक प्रयोग, ट्राफिक नियमको पालना, पैदल यात्रु तथा सवारी चालकको जिम्मेवारी, सडक दुर्घटना न्यूनीकरणका उपाय तथा ट्राफिक व्यवस्थापनका विविध पक्षबारे जानकारी गराउनुभएको थियो।
विद्यार्थीहरूलाई सडकमा ट्राफिक व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा व्यवहारिक अभ्याससमेत गराइएको थियो। उक्त अवसरमा ट्राफिक प्रहरीको भूमिका, सडक अनुशासनको महत्व तथा जिम्मेवार नागरिकको रूपमा सडक सुरक्षामा पुर्याउन सकिने योगदानबारे समेत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेको बताउँदै यस्ता कार्यक्रमले सडक सुरक्षाप्रति सकारात्मक सोच र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।