माघ ११, दुर्घटना खवर ।
२०७९-१०-११
- A
- A-
- A+
मोरङको बुढीगंगा गाउँपालिका ३ मुडेरीमा आज साइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका १२ का ४८ वर्षीय देव कुमार उराउ सवार रहेको साइकल आज बिहान ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो । विराट मेडिकल टिचिङ अस्पतालमा उपचारको क्रममा पौने १० बजे उराउको मृत्यु भएको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका १० देवधारमा आज टाटा सुमो र मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक सुनसरीको ईटहरी उपमहानगरपालिका १३ का २१ वर्षीय सरोज कुमार चौधरी र मोटरसाइकलमा सवार ३० वर्षीय सुमन खत्री रहेका छन् । घाइते दुवैजनालाई उपचारको लागी चौदण्डीगढी नगर अस्पताल बेल्टारतर्फ पठाइएको छ । घाइतेमध्ये खत्रीको अवस्था भने गम्भीर रहेको छ । बा ९ च ३८४६ नम्बरको टाटा सुमो र प्रदेश नम्बर १ -०२-०४५ प ७८४७ नम्बरको मोटरसाइकल आज बिहान साढे ११ बजे आपसमा ठोकिएका हुन् । सुमो सहित चालक नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले जनाएको छ ।