मोडिफाइड सवारी साधन नियन्त्रण तथा ध्वनि प्रदुषण न्यूनीकरण विशेष अभियान २०८३ ।
२०८३-०८-०१
- A
- A-
- A+
यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष अभियान अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएका अत्याधिक आवाज निकाल्ने,अस्वभाविक रुपमा स्वरुप परिवर्तन गर्ने ४१५ सवारी साधनहरुबारे र यो अभियानको औचित्यबारे यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।