असार ३० गते, दिउँसो ०१:०० बजेको, ट्राफिक अपडेट
२०८२-०३-३०
- A
- A-
- A+

मानिसहरू भेलाजम्मा भएकाले काठमाडौँको माइतीघरबाट सर्भिस लेन हुँदै थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट चलाइएको छ । यसबाहेक काठमाडौँ उपत्यका स्थित बबरमहल, माइतिघर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, नागस्थान, जमल, भोटाहिटी, महेन्द्रशालिक, घण्टाघर, केशरमहल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । सडक ढलानका कारण फर्पिङबाट फाखेल-हुमाने हुँदै मकवानपुरतर्फ जाने तथा आउने सवारी साधनलाई भने सञ्चालनमा रोक लगाइएको छ । मनसुनजन्य प्रकोपका कारणले हुन सक्ने जोखिमलाई मध्यनजर गरी दैनिक साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गको सिन्धुली-खुर्कोट सडकखण्डमा मालबाहक बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी कान्तीलोकपथमा पनि बेलुकी ७ बजेदेखी बिहान ६ बजे सम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । ट्राफिक नियम उल्लङ्घन गर्दा भौतिक रूपले मात्र सचेतना कक्षा लिनुपर्नेमा अवदेखि नागरिक एप मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा पनि लिन सकिने व्यवस्था गरिएको छ । अनलाईन कक्षा जुनसुकै समयमा पनि कक्षा लिन सकिनेछ ।