ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

अनलाईन सचेतना कक्षा सम्बन्धी सुचना ।

२०७९-०५-२७

  • A
  • A-
  • A+
Share

सफ्टवयर (Software) मा आएको समस्याको कारणले गर्दा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आइरहेको अनलाइन सचेतना कक्षा अर्को सुचना जारी नभएसम्मको लागि मिति २०७९ भदौ २७ गते सोमवार देखि स्थगित गरिएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौँ । मापसे, लेन, तिब्र गति र रातोबत्ती उल्लङ्घन गरि कार्वाहीमा पर्नुभएका चालकहरुले भौतिक उपस्थितिमा यस कार्यालयमा अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्नेछ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन निम्न अनुसारको छुट्टाछुट्टै कक्षा सञ्चालन हुनेछन् ।

१. ०९:०० देखि १०:०० बजेसम्म  रातो बत्ति / लेन /मा.प.से./तिब्र गति

२. १०:३० देखि ११:३० बजेसम्म रातो बत्ति / लेन /मा.प.से./तिब्र गति

३. १२:०० देखि १३:०० बजेसम्म रातो बत्ति / लेन /मा.प.से./तिब्र गति

४. १३:३० देखि १४:३० बजेसम्म रातो बत्ति / लेन /मा.प.से./तिब्र गति

५. १५:०० देखि १६:०० बजेसम्म रातो बत्ति / लेन /मा.प.से./तिब्र गति


नोट:- सचेतना कक्षाको लागि समयमा टोकन लिई सचेतना कक्षामा सहभागि हुनुपर्नेछ अन्यथा समयमा टोकन नलिई टोकन समाप्त भएमा अर्को दिन टोकन लिई सचेतना कक्षामा सहभागि हुनुपर्नेछ ।


काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ,काठमाण्डौ ।