ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

सचेतना कक्षा सम्बन्धी सुचना ।

२०८३-०२-०१

  • A
  • A-
  • A+
Share

सचेतना कक्षा कार्यतालिका · नेपाल प्रहरी

मिति २०८३/०२/०१ गते देखि उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरी कारवाहीमा परेका चालकहरुलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, ट्राफिक प्रहरी परिसर ललितपुर र ट्राफिक प्रहरी परिसर भक्तपुरमा Online बाहेक भौतिक रुपमा उपस्थित भई ट्राफिक सचेतना कक्षा सञ्चालन हुने सम्बन्धित सबैका लागि सूचित गरिन्छ ।
सुरु मिति: २०८३/०२/०१ गते भौतिक उपस्थिति अनिवार्य
दैनिक सचेतना कक्षा तालिका (सार्वजनिक बिदा बाहेक)
क्र.स. समय (कार्यालय रामशाहपथ)
०९:०० देखि १०:०० बजेसम्म
१०:०० देखि ११:०० बजेसम्म
११:०० देखि १२:०० बजेसम्म
१२:०० देखि १३:०० बजेसम्म
१३:०० देखि १४:०० बजेसम्म
१४:०० देखि १५:०० बजेसम्म
१५:०० देखि १६:०० बजेसम्म
सबै कक्षा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा, ट्राफिक प्रहरी परिसर ललितपुर र ट्राफिक प्रहरी परिसर भक्तपुरमा हुनेछ
तीव्र गति होइन, सुरक्षित गति नै जीवनको साथी । मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं । रातो बत्तीको सम्मान, सुरक्षित यात्राको पहिचान सडकमा ध्यान केन्द्रित गरेर मात्र सवारी साधन चलाऔं । सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं ।
तीव्र गति होइन, सुरक्षित गति नै जीवनको साथी । मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं । रातो बत्तीको सम्मान, सुरक्षित यात्राको पहिचान सडकमा ध्यान केन्द्रित गरेर मात्र सवारी साधन चलाऔं । सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं ।
सचेत चालक : सुरक्षित यात्रा

सेवाग्राहीको सहजताका लागि विशेष कक्षा तालिका

कार्यालय समयमा उपस्थित हुन असहज हुनेहरूको सुविधार्थ:

शनिवार १०:०० – १२:०० (२ कक्षा)
अन्य सार्वजनिक बिदा १०:०० – १२:०० (२ कक्षा)
आइतबार ०९:०० – ११:०० (२ कक्षा)
स्थान: काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, ट्राफिक प्रहरी परिसर ललितपुर र ट्राफिक प्रहरी परिसर भक्तपुरमा (भौतिक उपस्थिति)
सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन माथिको ७-वटा कक्षा नियमित रुपमा सञ्चालन हुनेछन् ।
शनिवार, अन्य सार्वजनिक बिदा र आइतबारका लागि माथिको तालिका लागू हुनेछ।

नोट :

सचेतना कार्यक्रममा सहभागी हुन चालकले नागरिकताको छाँया प्रति (नागरिकता प्रतिलिपि) साथमा लिई आउनुहोला अनिवार्य ।

स्थान: काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी परिसर ललितपुर र ट्राफिक प्रहरी परिसर भक्तपुर
ट्राफिक हेल्पलाइन: १०३
vtpo@nepalpolice.gov.np