ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

चोरी भएका ६५ ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर) धनीलाई हस्तान्तरण” ।

२०८३-०१-२७

  • A
  • A-
  • A+
Share

मिति २०८३।०१।२७ गते, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६५ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (आइतबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ४५ ओटा मोटरसाइकल र २० ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सुचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका ६५ ओटा सहित ४५४ ओटा सवारी साधन गत साउन यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २६ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३८ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै (Gps) जडान, मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अनुरोध गर्नुभएको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

सम्बन्धित समाचार
काठमाडौं मोडल कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास तथा सचेतना कार्यक्रम सम्पन्न ।
२०८३-०३-०९

काठमाडौं मोडल कलेज, बागबजारमा अध्ययनरत विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास गराई ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (प्र.ब.उ.) सुरेश प्रसाद काफ्लेज्यूले विद्यार्थीहरूलाई सुरक्षित सडक प्रयोग, ट्राफिक नियमको पालना, पैदल यात्रु तथा सवारी चालकको जिम्मेवारी, सडक दुर्घटना न्यूनीकरणका उपाय तथा ट्राफिक व्यवस्थापनका विविध पक्षबारे जानकारी गराउनुभएको थियो।विद्यार्थीहरूलाई सडकमा ट्राफिक व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा व्यवहारिक अभ्याससमेत गराइएको थियो। उक्त अवसरमा ट्राफिक प्रहरीको भूमिका, सडक अनुशासनको महत्व तथा जिम्मेवार नागरिकको रूपमा सडक सुरक्षामा पुर्‍याउन सकिने योगदानबारे समेत छलफल गरिएको थियो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेको बताउँदै यस्ता कार्यक्रमले सडक सुरक्षाप्रति सकारात्मक सोच र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
२०८३-०३-०७

मिति २०८३।०३।०७ गते, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई लक्षित गरी निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूले  कार्यरत प्रहरी कर्मचारीहरूलाई अनुशासित, शिष्ट तथा सेवाभावका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। साथै, आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै प्रभावकारी ट्राफिक व्यवस्थापन, सडक सुरक्षा प्रवर्द्धन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार र सक्रिय भई सडकमा खटिनुपर्नेमा जोड दिनुभयो।उक्त कार्यक्रममा कार्यरत प्रहरी कर्मचारीहरूका गुनासा, सुझाव तथा जिज्ञासाका विषयमा समेत खुला अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामार्फत प्राप्त सुझाव तथा गुनासाहरूको सम्बोधन गर्दै संगठनको कार्यसम्पादनलाई अझ प्रभावकारी, उत्तरदायी तथा नागरिकमैत्री बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।यसरी निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।

विशेष अभियान अन्तर्गत सार्वजनिक सवारी साधनका चालक,चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन लाई लक्षित गरी विशेष सचेतना कार्यक्रम सम्पन्न ।
२०८३-०२-२८

आज मिति २०८३।०२।२८ गते, काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानहरूमा ट्राफिक प्रहरीद्वारा सार्वजनिक सवारी साधनका चालक, चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन लाई लक्षित गरी विशेष सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ ।साथै आरक्षण सिटको अनिवार्य कार्यान्वयन सुनिश्चित गर्ने, भाडादर सूची स्पष्ट र देखिने स्थानमा टाँस गर्ने, सवारी साधनमा CCTV क्यामेरा जडान गर्ने तथा GPS प्रणाली जडान गरी सवारीको निगरानी, पारदर्शिता र यात्रु सुरक्षालाई थप सुदृढ बनाउने सम्बन्धमा विशेष जोड दिँदै सचेतना अभिवृद्धि गरिएको छ । सवारी साधन सुरक्षित तथा जिम्मेवार ढंगले सञ्चालन गर्ने, ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने, क्षमता भन्दा बढी यात्रु नओसार्ने, यात्रुहरूसँग सभ्य, शिष्ट र मर्यादित व्यवहार गर्ने लगायतका विषयमा विस्तृत रूपमा जानकारी तथा जनचेतना प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रम मार्फत सार्वजनिक सवारी साधनहरूले बसपकेट बाहिर जथाभावी सवारी नरोक्न, ढोका खुला राखी ढोकामै यात्रु राखि सवारी सञ्चालन नगर्न, जेब्रा क्रसिङमा सवारी नरोक्ने ,लागुपदार्थ ,मादक पदार्थ सेवन नगर्न तथा लेफ्ट लेन अवरुद्ध नगरी ट्राफिक नियम उल्लङ्घन नगर्न सवारी साधनहरूलाई सचेतना कार्यक्रम गरिएको छ ।यस अभियानले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन प्रवर्द्धन तथा यात्रुहरूको सुरक्षित, सहज र भरपर्दो यात्रा सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न ।
२०८३-०२-२७

आज मिति २०८३।०२।२७ गते, ट्राफिक प्रहरी परिसर, सातदोबाटो, ललितपुर कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्ट द्वारा श्रमिक शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरूको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा सुरक्षित रूपमा सडक प्रयोग गर्ने तरिका सम्बन्धी व्यवहारिक उदाहरण, चित्र तथा अन्तरक्रियामार्फत प्रशिक्षण प्रदान गरियो ।

विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न ।
२०८३-०२-२७

आज मिति २०८३।०२।२७ गते, यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर सिंह ऐरीद्वारा किर्तिपुर माद्यामिक विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरूको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा सुरक्षित रूपमा सडक प्रयोग गर्ने तरिका सम्बन्धी व्यवहारिक उदाहरण, चित्र तथा अन्तरक्रियामार्फत प्रशिक्षण प्रदान गरियो ।

अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
२०८३-०२-२६

आज मिति २०८३।०२।२६ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी कर्मचारीहरु तथा मातहत प्रमुखहरुसँग उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले ज्यूद्वारा ट्राफिक प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, बोली वचन र ब्यवहार राम्रो हुनुपर्ने, सवारी चालकसँग मैत्रीपूर्ण ब्यवहार गर्ने, विभागको शुन्य-सहनशिलताको नितीलाई अक्षरस पालना गर्ने, काम कारवाही चुस्त दुरुस्त गर्नुपर्ने, आफ्नो स्वास्थ्य र सुरक्षाको ख्याल गरी उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रही चुस्त, दुरूस्त रुपमा ट्राफिक व्यस्थापन गर्न निर्देशन दिनुभएको छ ।