ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा प्रहरी कार्य दक्षता मूल्याङ्कन ( Police Baton ) निरीक्षण कार्यक्रम सम्पन्न ।

२०८०-०६-२५

  • A
  • A-
  • A+
Share

मिति २०८०/०६/२५ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको  नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन ( Police Baton ) निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षकले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरश: पालना गर्नु पर्ने,  ट्राफिक प्रहरीले  गर्नु पर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा तथा सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्ने लगायत सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

सम्बन्धित समाचार
श्रावण १० गते बिहान ११:३० बजेको, ट्राफिक अपडेट
२०८१-०४-१०

काठमाडौंको महेन्द्रशालिकबाट कृष्णपाउरोटी चोकतर्फ आउने ठुला सवारी साधनलाई डाइभर्सन गरिएको छ । काठमाडौं प्लाजा नजिकै सडक भासिएका कारण ठुला सवारी साधनलाई डाइभर्सन गरिएको हो । पिक आवरमा बढेका सवारी साधनका कारण काठमाडौं उपत्यका स्थित  बबरमहल, थापाथली, माइतिघर, त्रिपुरेश्वर, भोटेबहाल, केशरमहल, लैनचौर, गल्कोपाखा र कृष्णपाउरोटी चोकमा सवारी साधन क्युमा चलिलहेका छन् । यसबाहेक काठमाडौं उपत्यकाको अन्य मुख्य - मुख्य चोकमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ । विभिन्न नाका प्रयोग गरी काठमाडौं उपत्यका भित्रिने तथा बाहिरीने सवारी साधनको आवागमन भने सामान्य रहेको छ  । 

श्रावण ०४ गते , दुर्घटना खवर ।
२०८१-०४-०४

बाँकेको जानकी गाउँपालिका ६ मा आज बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया कलावती भाट रहेकी छिन् । गम्भीर घाइते भएकी भाटको उपचारको क्रममा नर्सिङ होम नेपालगंजमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको गरेको लु २ ख ४६ नम्बरको बसले पैदलयात्री महिलालाई आज बिहान साढे १० बजे ठक्कर दिएको थियो । बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका १० मा गएराती मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रोहित नगरकोटी रहेका छन् । गम्भीर घाइते भएका नगरकोटीको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो ।  लु २६ प ९८ ४४ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भटमा ठोकिएर पल्टिएको  इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
२०८०-१०-१९

मिति २०८०/१०/१९ गते , तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा यस कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने, ट्राफिक प्रहरीले  गर्नु पर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा तथा सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

माघ ११, दुर्घटना खवर ।
२०८०-१०-११

मोरङको रतुवामाई नगरपालिका ७ गढिझारमा आज मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ । कादुपाडाबाट सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-०५० प ८५२२ नम्बरको मोटरसाइकल आज बिहान पौने ६ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो  । दुर्घटनामा गम्भीर घाइते भएका रतुवामाइ नगरपालिका ७ का २८ वर्षीय कनैया साहको मंगलबारे ट्रमा सेन्टरमा उपचारको क्रममा करिब ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । बाँकेको कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा आज मिनि बस र ट्रक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका परिचालक रुपन्देहीको देवदह नगरपालिका ६ खैरेनीका ३६ वर्षीय रामकृष्ण गोतामे रहेका छन् । कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेमा उपचारको क्रममा गोतामेको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा मिनि बसमा सवार २ जना भने सामान्य घाइते भएका छन् ।  नेपालगञ्जबाट कोहपुरतर्फ जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनि बस र पूर्वबाट पश्चिमतर्फ बाटो पार गर्दै गरेको ना ५ ख ८५६६ ट्रक आज बिहान ७ बजे आपसमा ठोकिएका थिए । बस चालक फरार छन् । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।