Traffic Police Mirror 2026 को लोकार्पण
२०८३-०२-१८
Traffic Police Mirror 2026 को आज एक कार्यक्रमकाबिच लोकार्पण भएको छ । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले Traffic Police Mirror 2026 को लोकार्पण गर्नुभएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३”को अवसर पारेर Traffic Police Mirror 2026 को लोकार्पण भएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले Mirror को निर्माणमा योगदान पुर्याउने ट्राफिक प्रहरी कर्मचारी, संस्था र विभिन्न महानुभावहरूलाई प्रशंसा-पत्रद्वारा सम्मान गर्नुभएको थियो । काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले Traffic Police Mirror 2026 को प्रकाशन सम्बन्धी औचित्य प्रकाश पार्नुभएको थियो । Profession Holdings Ltd तथा Globle collage का निर्देशक राजेन्द्र प्रसाद त्रिपाठी र ट्राफिक विज्ञ सुनिल पौडेलले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो । विगतका अनुभव, सङ्घर्ष र उपलब्धिहरूको बलियो जगमा उभिएर Traffic Police Mirror 2026 ले भविष्यको प्रविधिमैत्री र आधुनिक युगतर्फ स्पष्ट दृष्टि प्रस्तुत गरेको छ । कार्यक्रममा Traffic Police Mirror 2026 सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।