ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

चोरी भएका ५० ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर) धनीलाई हस्तान्तरण

२०८२-१२-११

  • A
  • A-
  • A+
Share

आज मिति २०८२।१२।११ गते, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (बुधबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २७ ओटा मोटरसाइकल र २३ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सुचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित काडाँघारी, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, नयाँबसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागल लगायतका स्थानबाट उक्त

सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका ५० ओटा सहित ३४७ ओटा सवारी साधन गत साउन यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका १८ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३१ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सोही कार्यक्रममा खोजतलास शाखाका प्रहरी नायव निरीक्षक गोपाल तामाङलाई हराएका सवारी साधन खोजतलासमा महत्वपूर्ण भुमिका खेलेकाले प्रशंसापत्रसमेत प्रदान गर्नुभयो । 

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै (Gps) जडान, मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अनुरोध गर्नुभएको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

सम्बन्धित समाचार
५१ थान दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण।
२०८३-०३-२९

मिति २०८३।०३।२९ गते, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ थान दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (सोमबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३६ ओटा मोटरसाइकल र १५ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।

कालो स्टिकर हटाउने अभियान सुरु : गृहमन्त्रीको सवारीबाटै कार्यान्वयनको सुरुवात ।
२०८३-०३-१५

विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सवारी साधनमा जडान गरिएका अनधिकृत कालो शिसा (Tinted Glass) तथा कालो स्टिकर हटाउने अभियान सुरु गरिएको छ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ अनुसार सम्माननीय राष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति (VIP) तथा सर्वसाधारणले नियमानुसार धरौटी राखी अधिकतम २० प्रतिशतसम्म मात्र टिन्ट (Tinted Glass) प्रयोग गर्न पाउने कानुनी व्यवस्था रहेको छ।उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि माननीय गृहमन्त्रीज्यूको अग्रसरतामा सुरु गरिएको अभियानअन्तर्गत उहाँ तथा गृहसचिवज्यूको सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाइएको छ। यस कदममार्फत कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देश प्रवाह गर्दै सम्बन्धित सबैलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरिएको छ।सवारी साधनमा अनधिकृत रूपमा प्रयोग गरिएका कालो शिसा तथा कालो स्टिकरका कारण आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसार तथा शङ्कास्पद व्यक्तिको पहिचानमा कठिनाइ हुने भएकाले यस्ता कार्यलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको हो।सम्बन्धित निकायले सबै सवारीधनी तथा चालकलाई प्रचलित कानुनको पूर्ण पालना गर्दै अनधिकृत कालो शिसा तथा कालो स्टिकर हटाई सुरक्षित, पारदर्शी र कानुनसम्मत यातायात व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ।

काठमाडौं मोडल कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास तथा सचेतना कार्यक्रम सम्पन्न ।
२०८३-०३-०९

काठमाडौं मोडल कलेज, बागबजारमा अध्ययनरत विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास गराई ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (प्र.ब.उ.) सुरेश प्रसाद काफ्लेज्यूले विद्यार्थीहरूलाई सुरक्षित सडक प्रयोग, ट्राफिक नियमको पालना, पैदल यात्रु तथा सवारी चालकको जिम्मेवारी, सडक दुर्घटना न्यूनीकरणका उपाय तथा ट्राफिक व्यवस्थापनका विविध पक्षबारे जानकारी गराउनुभएको थियो।विद्यार्थीहरूलाई सडकमा ट्राफिक व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा व्यवहारिक अभ्याससमेत गराइएको थियो। उक्त अवसरमा ट्राफिक प्रहरीको भूमिका, सडक अनुशासनको महत्व तथा जिम्मेवार नागरिकको रूपमा सडक सुरक्षामा पुर्‍याउन सकिने योगदानबारे समेत छलफल गरिएको थियो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेको बताउँदै यस्ता कार्यक्रमले सडक सुरक्षाप्रति सकारात्मक सोच र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।