ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी–२०८३” सम्पन्न

२०८३-०२-१८

  • A
  • A-
  • A+
Share

आज मिति २०८३।०२।१८ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३” आज सम्पन्न भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङगणमा भएको कार्यशाला गोष्ठी तीनओटा सत्रमा सम्पन्न भएको हो । कार्यक्रमको पहिलो सत्रका प्रमुख अतिथि नेपाल सरकार पुर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र विशिष्ट अतिथि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पानसमा दीप प्रज्वलन गरेर Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३ को समुद्धाटन गर्नुभएको हो ।

उक्त सत्रमा प्रमुख अतिथि गोपाल प्रसाद सिग्देल सहित काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सडक विभागका महानिर्देशक डाक्टर विजय जैशी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले मन्तव्य राख्नु भएको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले मन्तव्य मार्फत अतिथिहरूको स्वागत गर्दै कार्यशालाको उदेश्य तथा औचित्यमाथि पनि प्रकाश पार्नु भएको थियो भने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

कार्यशालाको दोस्रो सत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवस्था विभाग, सडक विभाग,  सडक सुरक्षा परिषद्, सडक बोर्ड नेपाल,  काठमाडौँ महानगरपालिका, थापाथली इन्जिनियर क्याम्पस, NAIMA र क्रिमसन टेकका प्रतिनिधिहरूले ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था चुनौती, नीतिगत सुधार, पूर्वाधार विकास, कृत्रिम बौद्धिकता (AI) को प्रयोग, निजी क्षेत्रको भूमिका तथा एकीकृत ट्राफिक व्यवस्थापन प्रणालीको सम्भावनाबारे प्रस्तुतीकरण दिनु भएको थियो । 

प्रस्तुतीकरण पश्चात उठेका जिज्ञासाहरूमा विज्ञहरू लगायत विभिन्न क्षेत्रका महानुभावहरूले छलफल गर्नुका साथै सुझाव पेश गर्नु भएको थियो । तथ्यमा आधारित विश्लेषण, नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, बहु-निकाय समन्वय मार्फत दिगो समाधान तथा अन्तर्राष्ट्रिय अभ्यासको जानकारी लिने उद्देश्यले उक्त उच्चस्तरीय कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।

 काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप र जाम व्यवस्थापनका लागि दीर्घकालीन रणनीति, सडक दुर्घटना न्यूनीकरण तथा मृत्यु दर घटाउन बहु-आयामिक प्रभावकारीता, सवारी आयात, लाइसेन्स प्रणाली, स्क्र्याप नीति, Ride-sharing नियमन लगायत नीतिगत सुधार, Intelligent

Traffic System (ITS), E-Challan, ANPR, CCTV जस्ता प्रविधिको विस्तार र समन्वित प्रयोग र NRSAP 2021-2030 को लक्ष्य प्राप्तिका लागि संस्थागत समन्वय र प्रतिबद्धता सुदृढ गर्नु यस कार्यशाला गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।

सम्बन्धित समाचार
५१ थान दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण।
२०८३-०३-२९

मिति २०८३।०३।२९ गते, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ थान दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (सोमबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३६ ओटा मोटरसाइकल र १५ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।

कालो स्टिकर हटाउने अभियान सुरु : गृहमन्त्रीको सवारीबाटै कार्यान्वयनको सुरुवात ।
२०८३-०३-१५

विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सवारी साधनमा जडान गरिएका अनधिकृत कालो शिसा (Tinted Glass) तथा कालो स्टिकर हटाउने अभियान सुरु गरिएको छ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ अनुसार सम्माननीय राष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति (VIP) तथा सर्वसाधारणले नियमानुसार धरौटी राखी अधिकतम २० प्रतिशतसम्म मात्र टिन्ट (Tinted Glass) प्रयोग गर्न पाउने कानुनी व्यवस्था रहेको छ।उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि माननीय गृहमन्त्रीज्यूको अग्रसरतामा सुरु गरिएको अभियानअन्तर्गत उहाँ तथा गृहसचिवज्यूको सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाइएको छ। यस कदममार्फत कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देश प्रवाह गर्दै सम्बन्धित सबैलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरिएको छ।सवारी साधनमा अनधिकृत रूपमा प्रयोग गरिएका कालो शिसा तथा कालो स्टिकरका कारण आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसार तथा शङ्कास्पद व्यक्तिको पहिचानमा कठिनाइ हुने भएकाले यस्ता कार्यलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको हो।सम्बन्धित निकायले सबै सवारीधनी तथा चालकलाई प्रचलित कानुनको पूर्ण पालना गर्दै अनधिकृत कालो शिसा तथा कालो स्टिकर हटाई सुरक्षित, पारदर्शी र कानुनसम्मत यातायात व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ।

काठमाडौं मोडल कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास तथा सचेतना कार्यक्रम सम्पन्न ।
२०८३-०३-०९

काठमाडौं मोडल कलेज, बागबजारमा अध्ययनरत विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास गराई ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (प्र.ब.उ.) सुरेश प्रसाद काफ्लेज्यूले विद्यार्थीहरूलाई सुरक्षित सडक प्रयोग, ट्राफिक नियमको पालना, पैदल यात्रु तथा सवारी चालकको जिम्मेवारी, सडक दुर्घटना न्यूनीकरणका उपाय तथा ट्राफिक व्यवस्थापनका विविध पक्षबारे जानकारी गराउनुभएको थियो।विद्यार्थीहरूलाई सडकमा ट्राफिक व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा व्यवहारिक अभ्याससमेत गराइएको थियो। उक्त अवसरमा ट्राफिक प्रहरीको भूमिका, सडक अनुशासनको महत्व तथा जिम्मेवार नागरिकको रूपमा सडक सुरक्षामा पुर्‍याउन सकिने योगदानबारे समेत छलफल गरिएको थियो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेको बताउँदै यस्ता कार्यक्रमले सडक सुरक्षाप्रति सकारात्मक सोच र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
२०८३-०३-०७

मिति २०८३।०३।०७ गते, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई लक्षित गरी निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूले  कार्यरत प्रहरी कर्मचारीहरूलाई अनुशासित, शिष्ट तथा सेवाभावका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। साथै, आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै प्रभावकारी ट्राफिक व्यवस्थापन, सडक सुरक्षा प्रवर्द्धन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार र सक्रिय भई सडकमा खटिनुपर्नेमा जोड दिनुभयो।उक्त कार्यक्रममा कार्यरत प्रहरी कर्मचारीहरूका गुनासा, सुझाव तथा जिज्ञासाका विषयमा समेत खुला अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामार्फत प्राप्त सुझाव तथा गुनासाहरूको सम्बोधन गर्दै संगठनको कार्यसम्पादनलाई अझ प्रभावकारी, उत्तरदायी तथा नागरिकमैत्री बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।यसरी निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।

विशेष अभियान अन्तर्गत सार्वजनिक सवारी साधनका चालक,चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन लाई लक्षित गरी विशेष सचेतना कार्यक्रम सम्पन्न ।
२०८३-०२-२८

आज मिति २०८३।०२।२८ गते, काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानहरूमा ट्राफिक प्रहरीद्वारा सार्वजनिक सवारी साधनका चालक, चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन लाई लक्षित गरी विशेष सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ ।साथै आरक्षण सिटको अनिवार्य कार्यान्वयन सुनिश्चित गर्ने, भाडादर सूची स्पष्ट र देखिने स्थानमा टाँस गर्ने, सवारी साधनमा CCTV क्यामेरा जडान गर्ने तथा GPS प्रणाली जडान गरी सवारीको निगरानी, पारदर्शिता र यात्रु सुरक्षालाई थप सुदृढ बनाउने सम्बन्धमा विशेष जोड दिँदै सचेतना अभिवृद्धि गरिएको छ । सवारी साधन सुरक्षित तथा जिम्मेवार ढंगले सञ्चालन गर्ने, ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने, क्षमता भन्दा बढी यात्रु नओसार्ने, यात्रुहरूसँग सभ्य, शिष्ट र मर्यादित व्यवहार गर्ने लगायतका विषयमा विस्तृत रूपमा जानकारी तथा जनचेतना प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रम मार्फत सार्वजनिक सवारी साधनहरूले बसपकेट बाहिर जथाभावी सवारी नरोक्न, ढोका खुला राखी ढोकामै यात्रु राखि सवारी सञ्चालन नगर्न, जेब्रा क्रसिङमा सवारी नरोक्ने ,लागुपदार्थ ,मादक पदार्थ सेवन नगर्न तथा लेफ्ट लेन अवरुद्ध नगरी ट्राफिक नियम उल्लङ्घन नगर्न सवारी साधनहरूलाई सचेतना कार्यक्रम गरिएको छ ।यस अभियानले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन प्रवर्द्धन तथा यात्रुहरूको सुरक्षित, सहज र भरपर्दो यात्रा सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।