चैत ०९, दुर्घटना खवर ।
२०७९-१२-०९
- A
- A-
- A+
बाराको निजगढ नगरपालिका १३ मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार २ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा निजगढ नगरपालिका १३ वेशीगाउँका १८ वर्षीय दिपक बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दिपकको उपचारको क्रममा रतनपुर स्थित एम्स अस्पतालमा गएराती साढे १ बजे मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाँउका ३० वर्षीय चन्द्र बहादुर बल र १७ वर्षीय निभराज मोक्तानको सोही अस्पतालमै उपचार भइरहेको छ । ना २३ प ६२७७ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको अस्थायी प्रहरी पोष्ट रतनपुर बाराले जनाएको छ ।
काठमाण्डौको तिलगंगामा आज बिहान भ्यानको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका अन्दाजी ५५ वर्षीय पुरुषको सिनामगंल स्थित काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । कोटेश्वरबाट गौशालातर्फ आउँदै गरेको बा १७ च ५०६ नम्बरको दुध ढुवानी गर्ने भ्यानले आज बिहान पौने ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । भ्यान सहित चालकलाई प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको छ ।