ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।

२०८०-१०-१९

  • A
  • A-
  • A+
Share

मिति २०८०/१०/१९ गते , तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा यस कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने, ट्राफिक प्रहरीले  गर्नु पर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा तथा सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

सम्बन्धित समाचार
फागुन ११ गते, दिउँसो १२:३० बजेको, ट्राफिक अपडेट
२०८०-११-११

काठमाडौं उपत्यका स्थित ढुंगेअड्डा - कलंकी  क्षेत्रमा सवारी साधन क्युमा चलिरहेका छन् । थानकोटबाट भृकुटीमण्डप सम्मको लागि अन्दाजी ८०० को संख्यामा शुरू भएको पैदल र्‍यालीले एक लेन सडक ढाकेका कारण ढुंगेअड्डा - कलंकी क्षेत्रमा सवारी क्युको अवस्था रहेको हो । र्‍याली ढुंगेअड्डाबाट कलंकी चोकतर्फ अगाडी बढिरहेको छ ।बिहानको पिक आवरमा बढेका सवारी साधनका कारण थापाथली, माईतीघर, भद्रकाली, सोह्रखुट्टे, केशरमहल, टोखा, जडिबुटी, कोटेश्वर, ग्वार्को, महाराजगञ्ज  लगायतका चोकमा सवारी साधन ट्राफिक व्यवस्थापनको क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । फर्पिङ नाका बाहेक अन्य नाकाहरूको सवारी आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । फर्पिङ नाकाबाट फाखेल र सिस्नेरी हुँदै हेटौडा जाने बाटो भने मर्मत भइरहेका कारण सवारी आवत जावत बन्द गरिएको हो । 

माघ ११, दुर्घटना खवर ।
२०८०-१०-११

मोरङको रतुवामाई नगरपालिका ७ गढिझारमा आज मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ । कादुपाडाबाट सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-०५० प ८५२२ नम्बरको मोटरसाइकल आज बिहान पौने ६ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो  । दुर्घटनामा गम्भीर घाइते भएका रतुवामाइ नगरपालिका ७ का २८ वर्षीय कनैया साहको मंगलबारे ट्रमा सेन्टरमा उपचारको क्रममा करिब ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । बाँकेको कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा आज मिनि बस र ट्रक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका परिचालक रुपन्देहीको देवदह नगरपालिका ६ खैरेनीका ३६ वर्षीय रामकृष्ण गोतामे रहेका छन् । कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेमा उपचारको क्रममा गोतामेको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा मिनि बसमा सवार २ जना भने सामान्य घाइते भएका छन् ।  नेपालगञ्जबाट कोहपुरतर्फ जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनि बस र पूर्वबाट पश्चिमतर्फ बाटो पार गर्दै गरेको ना ५ ख ८५६६ ट्रक आज बिहान ७ बजे आपसमा ठोकिएका थिए । बस चालक फरार छन् । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

कात्तिक १०, दुर्घटना खवर ।
२०८०-०७-१०

रौतहटको माधवनारायण नगरपालिका ७ फूलवरियामा आज बिहान बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । ना ६ प १४ ६३ नम्बरको बसले घर अगाडी बसिरहेका अन्दाजी ६५ बर्षीय  ब्रहमदेव दासलाई आज बिहान ६ बजे ठक्कर दिएको थियो । घाईते भएको दासको प्रादेशीक अस्पताल गौरमा उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको हो । बस चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पिपरराजवाडा रौतहटले जनाएको छ। कैलालीको गौरीगंगा नगरपालिका २ झिलमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गौरीगंगा नगरपालिका २ कटानका अन्दाजी ७३ बर्षीया पावनी देवी साउँद रहेकी छिन् । नि:सर्ग अस्पताल धनगढीमा उपचारको क्रममा बिहान सवा ८ बजे उनको मृत्यु भएको हो । भे ७ प ५३ ८१ नम्बरको मोटरसाइकलले आज बिहान साढे ६ बजे पैदलयात्री बृद्धालाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका २ सम्झनाचोकमा आज जिपको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन्   । बा २० च ५३ ५३ नम्बरको जिपले पैदलयात्री कैलालीकै  बर्दगोरिया गाउँपालिका २ बौनियाँ बस्ने  ५६ वर्षीया  कोकिला देवी जैशीलाई आज बिहान सवा ९ बजे ठक्कर दिएको थियो ।  जिपको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि नेपालगञ्ज बाँके पठाइएको छ । जिप सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीले जनाएको छ । 

“ नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन २०८० (POLICE BATON-2080) को सर्वोत्कृष्ट ट्राफिक ‍ प्र.का.प्रमुख द्वारा पुरस्कृत ”
२०८०-०६-२९

नेपाल प्रहरी कार्यदक्षयता मुल्याङ्कन (POLICE BATON), २०८० को क्रममा गरिएको अनुगमन तथा मुल्याङ्कनमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सम्पादित काम कारवाहीहरु उत्कृष्ट देखिई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरु मध्ये यस कार्यालय सर्वोत्कृष्ट राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालयको रुपमा मुल्याङ्कित हुन सफल भएकोमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरीएकोमा प्रशंसा-पत्र प्रदान भएको छ ।