ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

मोटिभेसनल फुटबल प्रतियोगिता सम्पन्न ।

२०७९-०९-०९

  • A
  • A-
  • A+
Share

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आज मोटिभेसनल फुटबल प्रतियोगिता सम्पन्नभएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले फुटबल हस्तान्तरण गरेर खेलको सुरुवात गर्नु भएको थियो । जावलाखेल युथ क्लबको खेल मैदानमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र त्यस मातहतका कार्यालयका बिचमा भएको फुटबल प्रतियोगिमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २–१ गोल अन्तरले जित हासिल गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक अनुप राउतले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो भने दोस्रो प्रहरी जवान दशरथ गिरीले गर्नु भएको हो । मातहतका कार्यालयहरुको तर्फबाट भने राज कुमार चौधरीले खेलको अन्तिम समयमा आफ्नो टिमका लागि गोल गर्नु भएको थियो । स्वास्थ्यलाई पनि ध्यानमा राखि कर्मचारीहरुमा सद्भाव, उत्प्रेरणा र पुनर्ताजगी प्रदान गर्ने उदेश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।   खेलमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले गर्नु भएको थियो भने मातहतका कार्यालयहरूको नेतृत्व ट्राफिक प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
श्रावण १० गते बिहान ११:३० बजेको, ट्राफिक अपडेट
२०८१-०४-१०

काठमाडौंको महेन्द्रशालिकबाट कृष्णपाउरोटी चोकतर्फ आउने ठुला सवारी साधनलाई डाइभर्सन गरिएको छ । काठमाडौं प्लाजा नजिकै सडक भासिएका कारण ठुला सवारी साधनलाई डाइभर्सन गरिएको हो । पिक आवरमा बढेका सवारी साधनका कारण काठमाडौं उपत्यका स्थित  बबरमहल, थापाथली, माइतिघर, त्रिपुरेश्वर, भोटेबहाल, केशरमहल, लैनचौर, गल्कोपाखा र कृष्णपाउरोटी चोकमा सवारी साधन क्युमा चलिलहेका छन् । यसबाहेक काठमाडौं उपत्यकाको अन्य मुख्य - मुख्य चोकमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ । विभिन्न नाका प्रयोग गरी काठमाडौं उपत्यका भित्रिने तथा बाहिरीने सवारी साधनको आवागमन भने सामान्य रहेको छ  । 

श्रावण ०४ गते , दुर्घटना खवर ।
२०८१-०४-०४

बाँकेको जानकी गाउँपालिका ६ मा आज बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया कलावती भाट रहेकी छिन् । गम्भीर घाइते भएकी भाटको उपचारको क्रममा नर्सिङ होम नेपालगंजमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको गरेको लु २ ख ४६ नम्बरको बसले पैदलयात्री महिलालाई आज बिहान साढे १० बजे ठक्कर दिएको थियो । बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका १० मा गएराती मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रोहित नगरकोटी रहेका छन् । गम्भीर घाइते भएका नगरकोटीको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो ।  लु २६ प ९८ ४४ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भटमा ठोकिएर पल्टिएको  इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
२०८०-१०-१९

मिति २०८०/१०/१९ गते , तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा यस कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने, ट्राफिक प्रहरीले  गर्नु पर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा तथा सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

माघ ११, दुर्घटना खवर ।
२०८०-१०-११

मोरङको रतुवामाई नगरपालिका ७ गढिझारमा आज मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ । कादुपाडाबाट सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-०५० प ८५२२ नम्बरको मोटरसाइकल आज बिहान पौने ६ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो  । दुर्घटनामा गम्भीर घाइते भएका रतुवामाइ नगरपालिका ७ का २८ वर्षीय कनैया साहको मंगलबारे ट्रमा सेन्टरमा उपचारको क्रममा करिब ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । बाँकेको कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा आज मिनि बस र ट्रक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका परिचालक रुपन्देहीको देवदह नगरपालिका ६ खैरेनीका ३६ वर्षीय रामकृष्ण गोतामे रहेका छन् । कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेमा उपचारको क्रममा गोतामेको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा मिनि बसमा सवार २ जना भने सामान्य घाइते भएका छन् ।  नेपालगञ्जबाट कोहपुरतर्फ जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनि बस र पूर्वबाट पश्चिमतर्फ बाटो पार गर्दै गरेको ना ५ ख ८५६६ ट्रक आज बिहान ७ बजे आपसमा ठोकिएका थिए । बस चालक फरार छन् । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।