काठमाडौँ उपत्यकाको मुख्य -मुख्य चोकमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । विशेषगरी जडिबुटी, कोटेश्वर,गौशाला, चावहिल, महाराजगंज, सोह्रखुट्टे, लैनचौर, केशरमहल, थापाथली र त्रिपुरेश्वरमा सवारी साधनले केही समय रोकिनु पर्ने अवस्था रहेको हो ।फर्पिङबाट फाखेल-हुमाने हुँदै मकवानपुरतर्फ जाने तथा आउने सवारी साधनलाई सडक ढलानका कारण सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै सडक ढलानका कारण साँखुबाट …
सिरहाको लहान नगरपालिका ३ बिहारपुरमा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । स्थानिय संजय यादको छोरी ३ बर्षीया सुजीता सदायको मृत्यु भएको हो । बिहारपुर लहान भित्री सडक खण्डमा स १ त ४० ९९ नम्बरको ट्याक्टरले आज बिहान पौने ८ बजे बालिकालाई ठक्कर दिएको हो । गम्भीर घाईते भएकी बालिकाको उपचारको लागी प्रादेशिक अस्पताल लहान सिराहा पठाएकोमा …
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा आज सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ भएको छ । काठमाण्डौको गोङ्गबु स्थित नयाँबसपार्कमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व …
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विगत लामो समयदेखि स्वरुप परिवर्तन (Modified) गरी ठुलो आवाज निकाली ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाउने चालकहरुलाई कारवाही गर्दै आएको थियो । पछिल्लो समय मिति २०८२।०२।२० गते देखि बिशेष अभियान चलाइ त्यस्ता मोटरसाईकल चालकहरुमाथि मिति २०८२।०२।२० गते देखि आज मिति २०८२।०२।२२ गते सम्म कारवाही गर्ने क्रममा ७६ वटा मोटरसाइकल सहित चालकहरुलाई नियन्त्रणमा लिई यातायात व्यवस्था विभागमा …
विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो …
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ चार सयबेशी र सोही गाउँपालिका ११ मंगलटार स्थित विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक बगाउँदा र सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा झरेको पहिरोका कारण विपि राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै रसुवा जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ र ओखलढुङ्गाको …
मिति २०८०/१०/१९ गते , तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा यस कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने, ट्राफिक प्रहरीले …
नेपाल प्रहरी कार्यदक्षयता मुल्याङ्कन (POLICE BATON), २०८० को क्रममा गरिएको अनुगमन तथा मुल्याङ्कनमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सम्पादित काम कारवाहीहरु उत्कृष्ट देखिई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरु मध्ये यस कार्यालय सर्वोत्कृष्ट राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालयको रुपमा मुल्याङ्कित हुन सफल भएकोमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरीएकोमा प्रशंसा-पत्र प्रदान …
ट्राफिक सचेतना कक्षा सम्बन्धित ट्राफिक प्रहरी परिसर सातदोबाटो ललितपुर र ट्राफिक प्रहरी परिसर चुनदेवी भक्तपुरबाट समेत लिन सक्नु हुनेछ । ट्राफिक सचेतना कक्षा आफुले पायक पर्ने स्थान काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाण्डौ, ट्राफिक प्रहरी परिसर सातदोबाटो, ललितपुर र ट्राफिक प्रहरी परिसर चुनदेवी भक्तपुरबाट लिन सक्नु हुनेछ । कागजपत्र लिनको लागि आफु कारवाहीमा परेका एरिया पर्ने ट्राफिक प्रहरी कार्यालयबाट लिन सक्नु …
जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारीस सूची प्रकाशित गरिएको सम्बन्धमा (२०८०-०२-२२)
सम्पति तथा मालसामानको लिलाम बढाबढको सूचना (२०७९-११-०५) ।
प्रहरी निरीक्षक (जनपद) पदको सक्षमता परीक्षण प्रस्तुतीकरण तथा अन्तरवार्ता तालिका संशोधन सम्बन्धी सूचना । (२०७९-०७-१४)