मिति २०८२।०९।३० गते, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर तथा सामुदायिक प्रहरी सेवाकेन्द्र कोटेश्वरको संयुक्तको आयोजनामा “सडक दुर्घटना न्युनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज पाँचौ दिन प्रभात फेरी तथा सांस्कृतिक कार्यक्रमका सभापति सामुदायिक सेवा तथा बिकास समाज एवं सामुदायिक प्रहरी सेवाकेन्द्र कोटेश्वरका अध्यक्ष श्री रबिन्द्र थापाज्यू, प्रमुख अथिति काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक श्री ओम प्रसाद अधिकारीज्यू, बिशिष्ट अथिति बागमति प्रदेश सभा सदस्य माननिय श्री सुनिल के.सि.ज्यू र यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्री नवराज अधिकारी ज्यू तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु सहित ६०० जनाको उपस्थितिमा ट्राफिक सचेतनामुलक प्रभात फेरी तथा सांस्कृतिक समापन भएको छ ।
मिति २०८२।०९।३० गते, सडक दुर्घटना न्यूनिकरण गरी जनधनको सुरक्षा अभिवृद्धि गर्ने अभिप्रायका साथ “सडक दुर्घटना न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज पाँचौ दिन ट्राफिक बृत्त बौद्धको कार्य क्षेत्र भित्र ट्राफिक सचेतनामुलक प्रभातफेरी तथा ट्राफिक लाईट उद्घघाटन कार्यक्रममा प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यू, गोकणेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालज्यू, यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नबराज अधिकारीज्यू र गोकणेश्वर नगरपालिकाका नगर उप-प्रमुख सान्नानि लामाज्यूको आतिथ्यमा गोकणेश्वर नगरपालिका वडा नं.६ स्थित नारायणटार पुलमा ट्राफिक लाईटको उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ ।