ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
असार २०८२
असार २४ गते, दिउँसो ०३:३० बजेको, ट्राफिक अपडेट
२०८२-०३-२४

काठमाडौँ उपत्यकाको मुख्य -मुख्य  चोकमा  सवारी  साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । विशेषगरी जडिबुटी, कोटेश्वर,गौशाला, चावहिल,  महाराजगंज, सोह्रखुट्टे,  लैनचौर,  केशरमहल, थापाथली र त्रिपुरेश्वरमा सवारी साधनले केही समय रोकिनु पर्ने अवस्था रहेको हो ।फर्पिङबाट फाखेल-हुमाने हुँदै मकवानपुरतर्फ जाने तथा आउने सवारी साधनलाई सडक ढलानका कारण सञ्चालनमा रोक लगाइएको छ ।  त्यस्तै सडक ढलानका कारण साँखुबाट भोटेचौर हुँदै मेलम्चितर्फ जाने तथा आउने सवारी साधन पनि सञ्चालनमा रोक लगाइएको छ ।मनसुनजन्य प्रकोपका कारणले हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै  दैनिक साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गको सिन्धुली-खुर्कोट सडकखण्डमा मालबाहक बाहेक अन्य  सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कान्तीलोकपथमा पनि  बेलुकी ७ बजेदेखी बिहान ६ बजे सम्म सवारी  साधन  सञ्चालनमा  रोक लगाइएको छ ।

सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२
२०८२-०३-११

आज मिति २०८२।०३।११ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक प्रहरी प्रभाग कलंकीको वडा एरियामा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीज्यूको प्रमुख आतिथ्यता, प्रहरी वृत्त कालीमाटीका प्रमुख प्र.ना.उ.मधु कुमार थापा, प्रहरी वृत्त थानकोटका प्रमुख प्र.ना.उ.एलिजा गिरी,का.म.न.पा.वडा न.१४ का वडा अध्यक्ष श्री सुमन श्रेष्ठ ज्यू, विभिन्न यातायात मजदुर संगठनका पदाधिकारी, यातायात व्यावसायी, चालक,सहचालक, टिकट बुकिङ काउण्टरहरुमा कार्यरत कर्मचारीहरु समेतको उपस्थितीमा ट्राफिक व्यस्थापन,सवारी दुर्घटना न्यूनिकरण र मनसुनजन्य विपद व्यवस्थापन लगायतका विषयबस्तुमा अन्तर्क्रियात्यमक कार्यक्रम गरीएको साथै नेपाल प्रहरी,ट्राफिक प्रहरी, यातायात मजदुर संगठनका पदाधिकारी, यातायात व्यावसायी, चालक,सहचालक, टिकट बुकिङ काउण्टरहरुमा कार्यरत कर्मचारीहरु समेतको उपस्थितीमा वाफलदेखि कलंकीचोक सम्म सचेतनात्मक प्रभातफेरी गर्नुका साथै यस कार्यालयका प्रहरी निरीक्षक ज्ञान बहादुर माझीद्वारा उक्त कार्यक्रममा अन्दाजी ७२० संख्यामा चालक सह-चालकहरुलाई अनुशिक्षण कार्यक्रम गर्नुभएको ।

असार ११, दुर्घटना खवर ।
२०८२-०३-११

सिरहाको लहान नगरपालिका ३ बिहारपुरमा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । स्थानिय संजय यादको छोरी ३ बर्षीया सुजीता सदायको मृत्यु भएको हो । बिहारपुर लहान भित्री सडक खण्डमा स १ त ४० ९९ नम्बरको ट्याक्टरले आज बिहान पौने ८ बजे बालिकालाई ठक्कर दिएको हो । गम्भीर घाईते भएकी बालिकाको उपचारको लागी प्रादेशिक अस्पताल लहान सिराहा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । दैलेखको भैरवी गाउँपालिका ६ तिजडाँडामा गएराति ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ  । १ जना घाइते भएका छन् । कुर्माकोट देखी भैरवी गाउँपालिकातर्फ जाँदै गरेको अस्थायी नम्बरको ट्याक्टर गएराति ११ बजे पल्टिएको थियो । ट्याक्टर चालक दैलेखकै नारायण नगरपालिका १ बस्ने २१ वर्षीय ईश्वर श्रेष्ठ आज बिहान ७ बजे मृत भेटिएका छन् । घाइते भेटिएका भैरवी गाउँपालिका ४ बस्ने १९ वर्षीय सुन्दर विष्टलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले जनाएको छ । 

सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ ।
२०८२-०३-०६

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा आज सडक र सवारी लक्षित मनसुनजन्य बिपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ भएको छ । काठमाण्डौको गोङ्गबु स्थित नयाँबसपार्कमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द थापा र यातायात व्यवसायीले मनसुनजन्य बिपद्‍बाट सजग हुनुपर्ने विषयमा आ-आफ्नो मत राख्नु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मनसुन सम्बन्धी सूचना र सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्दा थप सुरक्षित हुने कुरामा जोड दिनुभयो ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले ‘यसवर्ष वर्षा भारी मात्रामा हुने संभावना रहेकाले वर्षातको समयमा मनसुन सम्बन्धी समाचार र तथ्यगत सूचना लिएर मात्र यात्रा गर्न अनुरोध गर्नुभयो ।काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनले नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढि/पहिरो) साथै सडकको अवस्था बारे जानकारी दिने तथा सवारी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा नागरिक सहायता कक्षमा कार्यरत ट्राफिक प्रहरीले जानकारी दिने उदेश्यका साथ आजै काठमाडौँको नयाँबसपार्क सहित उपत्यकामा माथि उल्लेखित १२ स्थानमा  नागरिक सहायता कक्षको स्थापना गरि समुद्‍घाटन गरिएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावलाई स्वागत गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बाढी पहिरोका कारण सडक अवरुद्ध भइ अप्रिय घटना घट्नुका साथै जन धनको क्षति समेत हुन सक्ने भएकाले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनिकरणका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको बताउनुभयो  । जसबाट सवारी चालक तथा यात्रुहरुले सडकको अवस्थाबारे जानकारी लिइ यात्रा गर्ने तथा सावधानीका उपाय समेत अपनाउन सक्ने कुरामा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा नेपाल प्रहरीका कर्मचारी, यातायात व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी र सर्बसाधरण लगायत ५ सय जनाको उपस्थिति रहेको थियो ।