ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

सवारी चालकहरुलाई ट्राफिक प्रहरीको अनुरोध

२०७८-०७-१४

  • A
  • A-
  • A+
Share

• सधैं ट्राफिक नियमको पालना गर्ने ।
• सवारीको अवस्था चेकजाँच गर्ने ।
• समयमै सवारीको मर्मत तथा प्रदुषण जाँच गराउने ।
• मादक पदार्थ तथा लागु औषध सेवन गरेर सवारी साधन नचलाउने ।
• अत्याधिक खुसी, मानसिक तनाव तथा अस्वस्थतामा सवारी साधन नचलाउने ।
• सवारी साधन चलाउदा सडकमा ध्यान केन्द्रित गर्ने ।
• सवारी साधन चलाउदा अनावश्यक कुरा नगर्ने ।
• सवारी साधन चलाउदा मोवाईल फोनको प्रयोग नगर्ने ।
• सवारी चलाउदा आफ्नो अगाडीको सवारीसँग निश्चित दूरी कायम गर्ने ।
• सवारी साधनमा धुम्रपान नगर्ने ।
• सवारीको कागजपत्र साथमा राख्ने ।
• आपतकालिन अवस्थाको लागि प्रहरीको टेलिफोन साथमा राख्ने ।
• आफुले जानेका कुरा आफ्ना साथी भाई, परिवार तथा आफन्तलाई पनि जानकारी गराउने ।
• धरै जनाले बाटो काट्नु छ भने एक पंक्तिमा हात समातेर बाटो काट्ने ।
• एक्ला एक्लै बाटो नकाट्ने ।
• बाटो काट्दा सधै जेब्रा क्रसको प्रयोग गर्ने ।
• रातो बत्तिमा बाटो क्रस नगर्ने ।
• हरियो बत्तिमा मात्र बाटो क्रस गर्ने ।
• हतार गरी बाटो कहिल्यै नकाट्ने ।
• सडकमा नखेल्ने ।
• झयाल तथा ढोकाहरु सधै राम्रो संग बन्द गर्न लगाउने ।
• एक तफिर् सडकमा बिद्यार्थीलाई चढाउने र ओराल्ने कार्य नगर्ने ।
• क्षमता भन्दा बढी बिद्यार्थीहरु नराख्ने ।
• सवारी साधन तिव्र गतिमा नचलाउने ।
• मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने ।
• सधै सडकमा ध्यान केन्द्रित गरी सवारी साधन चलाउने ।
• ठुलो आवाजमा रेडियो नबजाउने ।
• सवारी चालकले आफ्नो सवारीमा सवार अन्य व्यक्ति संग अनावश्यक कुराकानी नगर्ने ।
• सवारी साधनलाई बिचमा रोकी अर्को सवारी चालक संग कुरा नगर्ने ।