उल्लङ्घन र जरिवाना
२०८१-०४-०१
- A
- A-
- A+
(क) यातायात व्यवस्था विभाग वा यातायात व्यवस्था कार्यालय मार्फत जरिवाना हुने केही कसूरहरु:-
१. वास्तविक नम्बर वा प्लेट नराखी अर्कै नम्बर वा प्लेट राखी सवारी चलाउने वा चलाउन लगाएमा । (दफा १६०)
(ख) दफा १६० (२) क अनुसार रु.२०००।-सम्म जरिवाना हुने कसूरहरु:- .
२. सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएमा ।(दफा ४५)
३. सार्वजनिक सवारीमा राख्न सकिने मानिसको संख्या र मालसामानको वजन निर्धारण गरेको भन्दा बढी राखी सवारी चलाएमा ।(दफा ११७)
(ग) दफा १६०(२)ख अनुसार रु.५०००।–सम्म जरिवाना हुने कसूरहरु:- .
२. विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा ।(दफा २९)
४. निर्धारित भाडादर भन्दा बढी हुने गरी भाडा लिएमा । (दफा ९६) (का.उ.ट्रा.प्र.का.लाई मात्र)
५. कुनै पनि सार्वजनिक स्थानमा कुनै पनि मानिस वा सवारीको आवागमनमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा ।(दफा १२५)
३. बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा सञ्चालन गरेमा । (दफा ७५)
६. दुर्घटनामा परेका सवारी र यात्रीको हानि नोक्सानी पुर्याएमा ।(दफा १२९)
(घ) दफा १६० (३) अनुसार रु.१०००।– सम्म जरिवाना हुने कसूरहरु:- .
१. स.चा.अ.प. प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा ।(दफा ४६)
२. पटके इजाजतपत्र नलिई सवारी चलाएमा ।(दफा ८१)
३. लामो बाटोमा यातायात सेवा संचालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईजना चालक राखी पालोपालोसँग सवारी नचलाएमा ।(दफा १०४)
५. सार्वजनिक सवारीमा धुम्रपान गरेमा ।(दफा ११०)
६. सवारी साधनको अन्य भागमा मानिस राखेमा ।(दफा १२३)
७. खतरापूर्ण मालसामान ढुवानी गर्ने मालबाहक सार्वजनिक सवारीले अन्य सवारी तथा सर्वसाधारणको जानकारीको लागि सांकेतिक चिन्ह देखिने गरी नराखेमा ।(दफा १२७)
८. रोक्न संकेत गरेको वा आदेश दिएकोमा नरोकेमा ।(दफा १३२)
९. तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा ।(दफा ९८) (का.उ.ट्रा.प्र.का.लाई मात्र)
१०. कुनै सवारीको दर्ता प्रमाणपत्र र सार्वजनिक सवारीको बाटो इजाजतपत्र खोजेको बेला देखाउनु पर्नेमा नदेखाएमा । (दफा १३१ को (२))
११. अन्य लागु पदार्थ सेवन गरी सवारी चलाएमा । (दफा १४२)
(ङ) दफा १६४ (१) पहिलो पटक रु.५००।-, दोस्रो पटक रु.१०००।– र तेस्रो पटक वा सो भन्दा बढी पटक गर्नेलाई रु.१५००।– सम्म जरिवाना हुने कसूरहरु:- .
१.
ट्राफिक संकेत(ट्राफिक बत्ती/ अन्य) वा ईशारा उल्लंघन गरी सवारी चलाएमा ।(क)
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएमा ।(ख)
३. सवारी मोड्न/ध्वनि सङ्केत निषेध गरिएको ठाउँमा मोडेमा/ध्वनी सङ्केत दिएमा ।(ग)
४. सडकमा गलत साईडतर्फबाट सवारी चलाएमा ।(घ)
५. एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा ।(ङ)
६.
अवस्था ठिक नभएको सवारी चलाएमा ।(च)
७. निर्धारित गति भन्दा बढी गतिमा सवारी चलाएमा ।(छ)
८. राती बत्ती नबाली सवारी चलाएमा ।(ज)
९. मादक पदार्थ सेवन गरी सवारी चलाएमा । (झ)
१०. अरु लाई बाधा पुग्ने गरी सार्वजनिक स्थानमा सवारी राखेमा । (ञ)
११. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएमा ।(ट)
१२. नम्बर प्लेट नराखी सवारी चलाएमा ।(ठ)
१३. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा बढी वजनको सवारी चलाएमा ।(ड)
१४. पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा ।(ढ)
१५. सवारीमा मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा बढी राखी चलाएमा ।(ण)
१६. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा ।(त)
१७. निर्धारित भाडादर भन्दा बढी भाडा लिएमा ।(थ) (का.उ.ट्रा.प्र.का. बाहेकको का.मात्र)
१८. लापरबाहीकासाथ सवारी चलाएमा ।(द)
१९. सवारी चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएमा ।(न)
मादक पदार्थ सेवन (ङ९), रातो बत्ती (ङ१), लेन अनुशासन (ङ४) तथा तिव्र गति (ङ७) शर्त उलङ्घन कसुरमा अनिवार्य सचेतना कक्षा लिनुपर्ने भएकोले सम्पुर्ण प्रकृयाहरु जिल्ला ट्राफिक प्रहरी परिसर चुनदेवी भक्तपुर, ट्राफिक प्रहरी परिसर सातदोबाटो ललितपुर र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा हुनेछ ।