उल्लङ्घन र जरिवाना
२०७९-०९-०३
- A
- A-
- A+
(क)
यातायात व्यवस्था कार्यालय मार्फत जरिवाना हुने कसुरहरु :-
1. स्विकृती नलिई सवारीको रंग, सिट
संख्या, स्वरुप, ईन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गरेमा
।
2. वास्तविक नम्बर प्लेट नराखी आफुखुसी नम्बर राखी सवारी चलाएको वा चलाउन लगाएको ।
(ख) रु.१००० देखि रु.५००० सम्म जरिवाना हुने कसुरहरु:
1. निर्धारित भाडादर भन्दा बढि भाडा लिई सवारी चलाएमा ।
(ग) रु.१००० देखि रु.१५०० सम्म जरिवाना हुने कसुरहरु:
1. दर्ता नगरी सवारी चलाएमा ।
2. विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा ।
3. वाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा ।
(घ) रु.१००० जरिवाना हुने कसुरहरु:
1. सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको ।
2. सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी
राखेको ।
3. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्याएको/सम्पर्कमा
नआएको
4. मादक पदार्थ सेवन गरी सवारी चलाएको ।
5. सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी
चलाउन दिएमा ।
6. सवारीमा वस्ने वा राख्ने मानिस वा मालसामानको हद
निर्धारण गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
7. यात्रुवाहक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित
नराखेमा ।
8. सार्वजनिक सवारीमा धुम्रपान गरेमा ।
9. खतरापुर्ण मालसामानहरु ढुवानी गर्ने मालवाहक सार्वजनिक
सवारीले सांकेतिक चिन्ह देखिने गरी नराखी सवारी चलाएमा ।
10. यात्रुबाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता
प्रमाणपत्रमा लेखिएको सिट संख्या भन्दा बढी यात्रु राखी सवारी चलाएमा ।
11. लामो वाटोमा यातायात सेवा संचालन गर्ने यात्रुवाहक
सार्वजनिक सवारीमा कम्तिमा दुई जना चालक राखि पालैपालोसंग सवारी नचलाएमा ।
12. गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी
वेगले सवारी चलाएमा
13. तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा ।
14. सवारीको अन्य भागमा मानिस राखेको ।
15. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको ।
16. प्रयोजन विपरित सवारी चलाएको ।
17. पटके बाटो इजाजत नलिई सवारी चलाएमा ।
(ङ) रु.१५०० जरिवाना हुने कसुरहरु:
1. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा ।
2.
सवारी
अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा ।
3. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेको ।
4. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको ।
5. एकतर्फी सडकमा सो विपरित सवारी चलाएको ।
6. अवस्था ठिक नभएको सवारी चलाएको ।
7. राति बत्ति नवालि सवारी चलाएको ।
8. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको
।
9. नम्बर प्लेट नराखी सवारी चलाएको ।
10. पेटी नवाँधि वा हेल्मेट नलगाई सवारी चलाएको ।
11. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको ।
12. लापरवाहिका साथ सवारी चलाएको ।
13. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी
चलाएको ।
14. स.चा.अ.प.,स.द.कि.,स.इ.प.साथमा नराखी सवारी चलाएको ।
15. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको ।
16. ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिएको ।
मा.प.से., लेन, तिब्रगति र रातो बत्ती उल्लंघन कसुरमा अनिवार्य सचेतना कक्षा लिनु पर्ने भएकोले सम्पूर्ण प्रक्रियाहरु काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हुने छ ।