ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

नम्बर प्लेट

२०७८-०७-१४

  • A
  • A-
  • A+
Share

सवारी धनीहरुलाई जानकारी

 यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ मा उल्लेखित भए बमोजिम सवारी साधनको नम्बर प्लेट निम्नानुसार बर्गिकरण गरिएकोमा कतिपय सवारी साधनहरुमा सो बमोजिम गरेको नपाईएकोले ऐनमा तोकेबमोजिम नगर्ने सवारी साधनहरुलाई नियमअनुसार कारवाही भई जाने व्यहोरा सूचित गरिएको छ ।

  • ठूलो र मझौला सवारी साधनको हकमा नं प्लेटको हकमा १४"/८" साना चार पाङ्गे सवारी साधनको हकमा १२"/७" तिनपाङ्गे सवारी साधनको हकमा १०"/७" र दुइपाङ्गै सवारी साधनको हकमा ८"/५" इन्च हुनु पर्नै छ ।
  • नम्बर प्लेटमा लेखिने अक्षर र अंकको साईज ठूलो तथा मझौला सवारी साधनको हकमा कम्तीमा ३" अग्लो र १"/२" मोटो, साना चार पाङ्गे मोटो, साना चार पाङ्गे तथा तिन पाङ्गे सवारी साधनको हकमा २" अग्लो र १/२" मोटो तथा दुइ पाङ्गे सवारी साधनको हकमा २ इन्च अग्लो तथा ३/८" मोटो हुनु पर्दछ ।
  • नम्बर प्लेटको चारै तिर १/२" मो.सा स्कूटर आदिको प्लेटमा १/४" छोडेर अंक र अक्षरमा लेख्नु पर्दछ । अंक र अक्षर बिचको दूरी कम्तिमा १/४" तथा तल्लो र माथिल्लो लाईनको दुरी कम्तिमा १/२"  हुनु पर्दछ ।