ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

सचेतना कक्षा सम्बन्धी सुचना ।

२०८२-०९-१६

  • A
  • A-
  • A+
Share

सचेतना कक्षा कार्यतालिका · नेपाल प्रहरी

उपत्यकामा मादक पदार्थ सेवन, तीव्र गति, रातो बत्ति तथा लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकहरूका लागि — ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा भौतिक ट्राफिक सचेतना कक्षा सञ्चालन हुन लागेको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
सार्वजनिक बिदा बाहेक दैनिक नागरिक एपमा अनलाइन कक्षा
दैनिक सचेतना कक्षा तालिका
क्र.स. समय
०९:०० देखि १०:०० बजेसम्म
१०:०० देखि ११:०० बजेसम्म
११:०० देखि १२:०० बजेसम्म
१२:०० देखि १३:०० बजेसम्म
१३:०० देखि १४:०० बजेसम्म
१४:०० देखि १५:०० बजेसम्म
१५:०० देखि १६:०० बजेसम्म
सबै कक्षा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हुनेछ
तीव्र गति होइन, सुरक्षित गति नै जीवनको साथी । मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं । रातो बत्तीको सम्मान, सुरक्षित यात्राको पहिचान सडकमा ध्यान केन्द्रित गरेर मात्र सवारी साधन चलाऔं । सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं ।
तीव्र गति होइन, सुरक्षित गति नै जीवनको साथी । मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं । रातो बत्तीको सम्मान, सुरक्षित यात्राको पहिचान सडकमा ध्यान केन्द्रित गरेर मात्र सवारी साधन चलाऔं । सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं ।
सचेत चालक : सुरक्षित यात्रा

विशेष तालिका

सेवाग्राहीको सहजताकालागी :

शनिबार १०:०० – १२:०० (२ कक्षा)
शुक्रबार १४:०० – १५:०० (अन्तिम कक्षा)
अन्य सबै सार्वजनिक बिदाका दिन बाहेक मात्र कक्षा सञ्चालन हुनेछ।
स.चा.अ.प. कारबाहीमा अनलाइन/अफलाइन सचेतना कक्षा लिन सकिने छ । नागरिक एप

नागरिक एप मार्फत अनलाइन सचेतना कक्षा लिन सकिनेछ।

नोट :

सचेतना कार्यक्रममा सहभागी हुन चालकको नागरिकताको छायाँप्रति अनिवार्य साथमा ल्याउनुहोला ।

स्थान: काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ
ट्राफिक हेल्पलाइन: १०३
vtpo@nepalpolice.gov.np
मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं ।