ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
समाचार : ट्राफिक गतिविधि
कार्तिक १३ गते, दिउँसो १२:३० बजेको, ट्राफिक अपडेट
२०८१-०७-१३

काठमाडौँ उपत्यकाको बालुवाटार हुँदै चल्ने भाडाका सवारी साधनलाई विशेषकारणबस विभिन्न स्थानबाट डाईभर्सन गरिएको छ । पवित्र वर्कसप, ईटालियनमोड, एकेडेमीमोड र भाटभटेनिबाट बालुवाटार तर्फ आउने सवारी साधनलाई डाईँभर्सन गरिएको हो । उता माईतिघर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, न्युरोड गेट, जमल, सोह्रखुट्टे, नक्साल, विशालनगर र हाडिगाँउ हुँदै चल्ने सवारी साधन यतिबेला केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक अन्य मुख्य- मुख्य चोकहरुमा सवारी साधन ट्राफिक ब्यवस्थापनको क्रममा केही समय रोकिनु पर्नेछ । बिभिन्न नाकाहरु हुँदै काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन भने सामान्य रुपमै सञ्चालन भइरहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ ।

“ नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन २०८० (POLICE BATON-2080) को सर्वोत्कृष्ट ट्राफिक ‍ प्र.का.प्रमुख द्वारा पुरस्कृत ”
२०८०-०६-२९

नेपाल प्रहरी कार्यदक्षयता मुल्याङ्कन (POLICE BATON), २०८० को क्रममा गरिएको अनुगमन तथा मुल्याङ्कनमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सम्पादित काम कारवाहीहरु उत्कृष्ट देखिई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरु मध्ये यस कार्यालय सर्वोत्कृष्ट राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालयको रुपमा मुल्याङ्कित हुन सफल भएकोमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरीएकोमा प्रशंसा-पत्र प्रदान भएको छ ।