काठमाण्डौ उपत्यकाका मुख्य मुख्य चोकहरु हुँदै चल्ने सवारी साधन यतिबेला चोकमा केही समय रोकिनु पर्नेछ । बिशेषगरी जडिबुटी, कोटेश्वर, बबरमहल, माइतिघर, थापाथली, त्रिपुरेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, मित्रपार्क, चाबहिल र नारायणगोपाल चोकमा सवारी साधन केही समय रोकिनु पर्ने अवस्था रहेको हो । सडक ढलानका कारण काठमाडौँको मित्रपार्कबाट गौरीघाट हुँदै करीडोर भएर चल्ने दुईपाङ्ग्रे बाहेक अन्य सवारी साधनलाई आज पनि दिव्य पार्टी प्यालेस अगाडी र मित्रपार्कबाट डाईभर्सन गरिएको छ । सडक ढलानकै कारण फर्पिङबाट फाखेल-हुमाने हुँदै मकवानपुरतर्फ जाने तथा आउने सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । अन्य नाकाहरूको सवारी आवागमन सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।
नेपाल प्रहरी कार्यदक्षयता मुल्याङ्कन (POLICE BATON), २०८० को क्रममा गरिएको अनुगमन तथा मुल्याङ्कनमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सम्पादित काम कारवाहीहरु उत्कृष्ट देखिई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरु मध्ये यस कार्यालय सर्वोत्कृष्ट राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालयको रुपमा मुल्याङ्कित हुन सफल भएकोमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरीएकोमा प्रशंसा-पत्र प्रदान भएको छ ।