ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।

२०८०-१०-१९

  • A
  • A-
  • A+
Share

मिति २०८०/१०/१९ गते , तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूद्वारा यस कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा मातहत ट्राफिक प्रहरी परिसर, बृत र प्रभाग प्रमुखहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरस पालना गर्नु पर्ने, ट्राफिक प्रहरीले  गर्नु पर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा तथा सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्नुका साथै सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

सम्बन्धित समाचार
मंसिर ०५ गते, दिउसो ०२:३० बजेको, ट्राफिक अपडेट
२०८१-०८-०५

काठमाडौंको बबरमहलबाट सर्भिसलेन हुँदै माइतिघरतर्फ चल्ने सवारी साधनलाई मुख्य लेनबाट चलाइएको छ । सर्भिसलेनमा मानिसहरु भेलाजम्मा भएका कारण सवारी साधनलाई मुख्य लेनबाट संचालन गराइएको हो । केही समय अगाडी भएको र्‍यालीका कारण सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल र त्रिपुरेश्वर हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् । क्यु रहेको स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक काठमाडौं उपत्यकाका अन्य मुख्य चोकहरु सातदोबाटो, ग्वार्को, कोटेश्‍वर, जडिबुटी, गौशाला, मित्रपार्क, चावहिल, नारायणगोपालचोक, नयाँबानेश्‍वर, कालिमाटी, केशरमहल, लैनचौर र सोह्रखुट्टेमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ । विभिन्न नाका हुँदै काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधन सामान्य रुपमा सञ्चालन भइरहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ ।

असोज १४, दुर्घटना खवर ।
२०८१-०६-१४

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ चार सयबेशी र सोही  गाउँपालिका  ११ मंगलटार  स्थित  विभिन्न  स्थानमा बाढी तथा पहिरोले सडक बगाउँदा  र  सिन्धुलीको सुनकोशी  गाउँपालिका १ मा  झरेको पहिरोका कारण विपि राजमार्ग  अवरुद्ध भएको छ । त्यस्तै रसुवा जिल्लाका  विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।सिन्धुलीको  गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ जयराम घाटमा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउदा खुर्कोट- मन्थली चल्ने सवारी साधनको आवागमन रोकिएको छ । त्यस्तै सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५  र खोटाङको खोटेहाङ गाउँलिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ । मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउँदा आवत -जावत रोकिएको छ । नवलपरासी वर्दघाट सुस्ता पूर्वको अरुणखोला- चोरमारा सडकखण्डमा हिलो जमेको कारण पूर्व पश्चिम राजमार्ग हुँदै चल्ने सवारी साधन रोकिएका छन् । यो  संगै नवलपरासी वर्दघाट सुस्ता पूर्वकै गैंडाकोट नगरपालिका ३ हिउँदेखोलामा  पनि पहिरो खसेर कालिगण्डकी करिडोरमा सवारी  साधन प्रभावित भएका छन् ।

श्रावण ०४ गते , दुर्घटना खवर ।
२०८१-०४-०४

बाँकेको जानकी गाउँपालिका ६ मा आज बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया कलावती भाट रहेकी छिन् । गम्भीर घाइते भएकी भाटको उपचारको क्रममा नर्सिङ होम नेपालगंजमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको गरेको लु २ ख ४६ नम्बरको बसले पैदलयात्री महिलालाई आज बिहान साढे १० बजे ठक्कर दिएको थियो । बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका १० मा गएराती मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रोहित नगरकोटी रहेका छन् । गम्भीर घाइते भएका नगरकोटीको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो ।  लु २६ प ९८ ४४ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भटमा ठोकिएर पल्टिएको  इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । 

माघ ११, दुर्घटना खवर ।
२०८०-१०-११

मोरङको रतुवामाई नगरपालिका ७ गढिझारमा आज मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ । कादुपाडाबाट सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-०५० प ८५२२ नम्बरको मोटरसाइकल आज बिहान पौने ६ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो  । दुर्घटनामा गम्भीर घाइते भएका रतुवामाइ नगरपालिका ७ का २८ वर्षीय कनैया साहको मंगलबारे ट्रमा सेन्टरमा उपचारको क्रममा करिब ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । बाँकेको कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा आज मिनि बस र ट्रक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका परिचालक रुपन्देहीको देवदह नगरपालिका ६ खैरेनीका ३६ वर्षीय रामकृष्ण गोतामे रहेका छन् । कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेमा उपचारको क्रममा गोतामेको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा मिनि बसमा सवार २ जना भने सामान्य घाइते भएका छन् ।  नेपालगञ्जबाट कोहपुरतर्फ जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनि बस र पूर्वबाट पश्चिमतर्फ बाटो पार गर्दै गरेको ना ५ ख ८५६६ ट्रक आज बिहान ७ बजे आपसमा ठोकिएका थिए । बस चालक फरार छन् । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

“ नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन २०८० (POLICE BATON-2080) को सर्वोत्कृष्ट ट्राफिक ‍ प्र.का.प्रमुख द्वारा पुरस्कृत ”
२०८०-०६-२९

नेपाल प्रहरी कार्यदक्षयता मुल्याङ्कन (POLICE BATON), २०८० को क्रममा गरिएको अनुगमन तथा मुल्याङ्कनमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सम्पादित काम कारवाहीहरु उत्कृष्ट देखिई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरु मध्ये यस कार्यालय सर्वोत्कृष्ट राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालयको रुपमा मुल्याङ्कित हुन सफल भएकोमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरीएकोमा प्रशंसा-पत्र प्रदान भएको छ ।