ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

स्वरुप परिवर्तन (Modified) गरी ठुलो आवाज निकाली ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाउने चालकहरुलाई कारवाही

२०८२-०२-२२

  • A
  • A-
  • A+
Share

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विगत लामो समयदेखि स्वरुप परिवर्तन (Modified) गरी ठुलो आवाज निकाली ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाउने  चालकहरुलाई कारवाही गर्दै आएको थियो । पछिल्लो समय मिति २०८२।०२।२० गते देखि बिशेष अभियान चलाइ त्यस्ता मोटरसाईकल चालकहरुमाथि मिति २०८२।०२।२० गते देखि आज मिति २०८२।०२।२२ गते सम्म कारवाही गर्ने क्रममा ७६ वटा मोटरसाइकल सहित चालकहरुलाई नियन्त्रणमा लिई यातायात व्यवस्था विभागमा कारवाहीको लागि  पठाईएको छ ।शहरी क्षेत्रमा हो-हल्ला गर्दै हिड्ने ,ध्वनी प्रदुषण गर्ने,साईलेन्सर पाईपवाट आगोको झिल्का समेत निकाल्ने मोटरसाईकलहरु तपाइहरुको वडा एरियामा चलाएको देखेमा उक्त मोटरसाईकल नम्बर ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ र नेपाल प्रहरीको १०० नम्बर मा जानकारी गराईदिनुहुन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुरोध गर्दछ ।  तपाईहरुले दिएको सुचना गोप्य राखिने छ ।

सम्बन्धित समाचार
जेठ ३० गते, दिउँसो ०१:०० बजेको, ट्राफिक अपडेट
२०८२-०२-३०

काठमाडौँ उपत्यकाको ग्वार्को, सिंहदरबार, माईतिघर, थापाथली, सहिदगेट, सुन्धारा, नागस्थान, त्रिपुरेश्वर हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका छन् । यसबाहेक अन्य मुख्य मुख्य चोकहरु हुँदै चल्ने सवारी साधनले ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । नागढुङ्गा-नौबिसे सडकखण्ड अन्तर्गत काठमाडौँको नागढुङ्गादेखी पिप्लामोड सम्म सडक निर्माण सुधारको काम भइरहेको छ । जसका कारण बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवत-जावत रोकिएको छ । अन्य नाकाहरू हुँदै चल्ने सवारी साधन भने सामान्य तवरले चलिरहेका छन् ।

जेठ २३, दुर्घटना खवर ।
२०८२-०२-२३

स्याङजाको फेदीखोला गाउँपालिका १ कुभिण्डेमा आज बिहान ट्रकमा ठोकिएर स्कुटर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक स्थानिय ३३ वर्षीया जितमाया थापा रहेकी छिन् । गम्भिर घाइते भएकी थापालाई उपचारको लागि प्रदेश अस्पताल पुतलीबजार स्याङजा पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । कुभिण्डेबाट पोखरातर्फ जाँदै गरको ना ४ ख ९३३१ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा आज बिहान पौने ८ बजे सोही दिशातर्फ जाँदै गरेको ईम्बोट नम्बर AAB 02 43 नम्बरको स्कुटर ट्रकमा ठोकिएर पल्टिएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी फेदीखोला स्याङजाले जनाएको छ ।रुपन्देहीको बुटवल उप-महानगरपालिका ८ सुख्खानगरमा आज बिहान टिपरको ठक्कटबाट साईकलयात्रीको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै देवदह नगरपालिका १० चरङगेका ६९ वर्षीय प्रेम नारायण ज्ञवाली रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा मृत्यु भएको हो । महेन्द्रराजमार्गमा पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु २ ख ५०३१ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको साइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको हो । टिपर सहित चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।कास्कीको पोखरा महानगरपालिका २९ भण्डारढिकमा आज बिहान रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उदयपुरको कटारी नगरपालिका १ का ३१ वर्षीय भिम बहादुर बि.क. रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको छ । पोखराबाट तनहुँतर्फ जादै गरेको ग १० प ४९९२ नम्बरको मोटरसाइकल आज बिहान ५ बजे सडकको छेउमा रोकीराखेको ग १ क ४२०४ नम्बरको टिपरमा ठोकिएर पल्टिएको हो । दुबै सवारी साधन नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा “मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०२-२२

विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे ९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनु भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफलतापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याउनु भएकोमा आरोही दाबुटी शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा तथा Token Of Appreciation द्वारा सम्मान समेत गर्नुभएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

असोज १४, दुर्घटना खवर ।
२०८१-०६-१४

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ चार सयबेशी र सोही  गाउँपालिका  ११ मंगलटार  स्थित  विभिन्न  स्थानमा बाढी तथा पहिरोले सडक बगाउँदा  र  सिन्धुलीको सुनकोशी  गाउँपालिका १ मा  झरेको पहिरोका कारण विपि राजमार्ग  अवरुद्ध भएको छ । त्यस्तै रसुवा जिल्लाका  विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।सिन्धुलीको  गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ जयराम घाटमा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउदा खुर्कोट- मन्थली चल्ने सवारी साधनको आवागमन रोकिएको छ । त्यस्तै सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५  र खोटाङको खोटेहाङ गाउँलिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ । मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउँदा आवत -जावत रोकिएको छ । नवलपरासी वर्दघाट सुस्ता पूर्वको अरुणखोला- चोरमारा सडकखण्डमा हिलो जमेको कारण पूर्व पश्चिम राजमार्ग हुँदै चल्ने सवारी साधन रोकिएका छन् । यो  संगै नवलपरासी वर्दघाट सुस्ता पूर्वकै गैंडाकोट नगरपालिका ३ हिउँदेखोलामा  पनि पहिरो खसेर कालिगण्डकी करिडोरमा सवारी  साधन प्रभावित भएका छन् ।

श्रावण ०४ गते , दुर्घटना खवर ।
२०८१-०४-०४

बाँकेको जानकी गाउँपालिका ६ मा आज बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया कलावती भाट रहेकी छिन् । गम्भीर घाइते भएकी भाटको उपचारको क्रममा नर्सिङ होम नेपालगंजमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको गरेको लु २ ख ४६ नम्बरको बसले पैदलयात्री महिलालाई आज बिहान साढे १० बजे ठक्कर दिएको थियो । बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका १० मा गएराती मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रोहित नगरकोटी रहेका छन् । गम्भीर घाइते भएका नगरकोटीको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो ।  लु २६ प ९८ ४४ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भटमा ठोकिएर पल्टिएको  इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ ।