“सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रम सम्पन्न”
२०८२-०८-१९
- A
- A-
- A+
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ज्यूको प्रमुख आतिथ्यमा आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, यातायात व्यवसायी, प्रहरी वरिष्ठ अधिकृतहरू एवम् प्रहरी कर्मचारी, स्वयंसेवा र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।