ट्राफिक सचेतनामुलक प्रभात फेरी तथा सांस्कृतिक कार्यक्रम
२०८२-१०-०१
- A
- A-
- A+
मिति २०८२।०९।३० गते, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर तथा सामुदायिक प्रहरी सेवाकेन्द्र कोटेश्वरको संयुक्तको आयोजनामा “सडक दुर्घटना न्युनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज पाँचौ दिन प्रभात फेरी तथा सांस्कृतिक कार्यक्रमका सभापति सामुदायिक सेवा तथा बिकास समाज एवं सामुदायिक प्रहरी सेवाकेन्द्र कोटेश्वरका अध्यक्ष श्री रबिन्द्र थापाज्यू, प्रमुख अथिति काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक श्री ओम प्रसाद अधिकारीज्यू, बिशिष्ट अथिति बागमति प्रदेश सभा सदस्य माननिय श्री सुनिल के.सि.ज्यू र यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्री नवराज अधिकारी ज्यू तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु सहित ६०० जनाको उपस्थितिमा ट्राफिक सचेतनामुलक प्रभात फेरी तथा सांस्कृतिक समापन भएको छ ।