ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

भदौ २३ गते, बिहान १२:३० बजेको, ट्राफिक अपडेट

२०८२-०५-२३

  • A
  • A-
  • A+
Share

काठमाडौँको माइतीघर-  बबरमहल – नयाँबानेश्वर  सडकखण्ड हुँदै चल्ने  सवारी साधन चल्न सकेका छैनन् । मानिसहरू  भेलाजम्मा भएका कारण उक्त सडकखण्डमा चल्ने सवारी साधनलाई नयाँबानेश्वरचोक, माइतीघर,  हनुमानथान  नजिकैको  पुल लगायतका स्थानबाट  डाईभर्सन  गरिएको छ । माइतीघरबाट सर्भिस लेन  हुँदै  थापाथलीतर्फ  जाने सवारी  साधनलाई मुख्य  लेनबाट  पठाइएको  छ ।  सवारी  चापको  व्यवस्थापनका लागि रिंङरोड  भएर बानेश्वर माईतिघर सडकखण्ड तर्फ आउने  भाडाका सबै सवारी  साधनलाई   विभिन्न स्थानबाट  डाईभर्सन  गरिएको  छ । डाईभर्सनका कारण पुरानोबानेश्वर, हनुमानथान, थापागाउँ, थापाथली, कुपण्डोल र  त्रिपुरेश्वर हुँदै चल्ने सवारी  साधन  केही  क्युमा चलिरहेका छन् । क्यु  रहेका स्थानमा ट्राफिक  प्रहरीले सवारी आवागमन  सहज बनाउने प्रयास  गरिरहेको  छ ।  यसबाहेकका मुख्य चोकहरूमा  भने सवारी  साधन  ट्राफिक  व्यवस्थापनको क्रममा केही  समय  रोकिनुपर्ने  अवस्था रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने  तथा बाहिरिने  सवारी साधनको आवागमन  भने  सामान्य  रहेको  छ ।  

सम्बन्धित समाचार
ट्राफिक सचेतनामुलक प्रभातफेरी तथा ट्राफिक लाईट उद्घघाटन कार्यक्रम
२०८२-१०-०१

मिति २०८२।०९।३० गते, सडक दुर्घटना न्यूनिकरण गरी जनधनको सुरक्षा अभिवृद्धि गर्ने अभिप्रायका साथ “सडक दुर्घटना न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज पाँचौ दिन ट्राफिक बृत्त बौद्धको कार्य क्षेत्र भित्र ट्राफिक सचेतनामुलक प्रभातफेरी तथा ट्राफिक लाईट उद्घघाटन कार्यक्रममा प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यू, गोकणेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालज्यू, यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नबराज अधिकारीज्यू र गोकणेश्वर नगरपालिकाका नगर उप-प्रमुख सान्नानि लामाज्यूको आतिथ्यमा गोकणेश्वर नगरपालिका वडा नं.६ स्थित नारायणटार पुलमा ट्राफिक लाईटको उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ ।

ट्राफिक सचेतनामुलक प्रभात फेरी तथा सांस्कृतिक कार्यक्रम
२०८२-१०-०१

मिति २०८२।०९।३० गते, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर तथा सामुदायिक प्रहरी सेवाकेन्द्र कोटेश्वरको संयुक्तको आयोजनामा “सडक दुर्घटना न्युनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज पाँचौ दिन प्रभात फेरी तथा सांस्कृतिक कार्यक्रमका सभापति सामुदायिक सेवा तथा बिकास समाज एवं सामुदायिक प्रहरी सेवाकेन्द्र कोटेश्वरका अध्यक्ष श्री रबिन्द्र थापाज्यू, प्रमुख अथिति काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक श्री ओम प्रसाद अधिकारीज्यू, बिशिष्ट अथिति बागमति प्रदेश सभा सदस्य माननिय श्री सुनिल के.सि.ज्यू  र यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्री नवराज अधिकारी ज्यू तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु सहित ६०० जनाको उपस्थितिमा ट्राफिक सचेतनामुलक प्रभात फेरी तथा सांस्कृतिक समापन भएको छ ।

“सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रम सम्पन्न”
२०८२-०८-१९

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्‍को संयुक्त आयोजनामा नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्‍ता ज्यूको प्रमुख आतिथ्यमा आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, यातायात व्यवसायी, प्रहरी वरिष्ठ अधिकृतहरू एवम् प्रहरी कर्मचारी,  स्वयंसेवा र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रम
२०८२-०५-०४

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित तथा नागरिक मैत्री बनाउने उदेश्यको साथ आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केदार प्रकाश साउद, कमल सिंह बम र अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोद चन्द्र गुरुङ्गसँग उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालय प्रमुख सहितको सहभागितामा छलफल, अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको । यस छलफल तथा अन्तरक्रिया कार्यक्रममा आएको विषयको सम्बोधन गरी नागरिकमैत्री सेवामा तत्पर रहन यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सम्पूर्ण यूनिट ईन्चार्जहरुलाई निर्देशन समेत दिनुभएको ।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ ” अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण सम्पन्न
२०८२-०५-०३

आज मिति २०८२।०५।०३ गते ,  नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८२-०५-०३ गते मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज के.सी. सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, ट्राफिक  प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको अबलोकन तथा निरीक्षण गर्नुका साथै कार्यालयको समग्र काम कारवाहिको सम्बन्धमा समग्र बिषयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीवाट प्रस्तुतीकरण भएको थियो ।

असार ११, दुर्घटना खवर ।
२०८२-०३-११

सिरहाको लहान नगरपालिका ३ बिहारपुरमा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । स्थानिय संजय यादको छोरी ३ बर्षीया सुजीता सदायको मृत्यु भएको हो । बिहारपुर लहान भित्री सडक खण्डमा स १ त ४० ९९ नम्बरको ट्याक्टरले आज बिहान पौने ८ बजे बालिकालाई ठक्कर दिएको हो । गम्भीर घाईते भएकी बालिकाको उपचारको लागी प्रादेशिक अस्पताल लहान सिराहा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ । दैलेखको भैरवी गाउँपालिका ६ तिजडाँडामा गएराति ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ  । १ जना घाइते भएका छन् । कुर्माकोट देखी भैरवी गाउँपालिकातर्फ जाँदै गरेको अस्थायी नम्बरको ट्याक्टर गएराति ११ बजे पल्टिएको थियो । ट्याक्टर चालक दैलेखकै नारायण नगरपालिका १ बस्ने २१ वर्षीय ईश्वर श्रेष्ठ आज बिहान ७ बजे मृत भेटिएका छन् । घाइते भेटिएका भैरवी गाउँपालिका ४ बस्ने १९ वर्षीय सुन्दर विष्टलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले जनाएको छ ।