ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

श्रावण ०४ गते , दुर्घटना खवर ।

२०८१-०४-०४

  • A
  • A-
  • A+
Share

  • बाँकेको जानकी गाउँपालिका ६ मा आज बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया कलावती भाट रहेकी छिन् । गम्भीर घाइते भएकी भाटको उपचारको क्रममा नर्सिङ होम नेपालगंजमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको गरेको लु २ ख ४६ नम्बरको बसले पैदलयात्री महिलालाई आज बिहान साढे १० बजे ठक्कर दिएको थियो । बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 
  • नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका १० मा गएराती मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रोहित नगरकोटी रहेका छन् । गम्भीर घाइते भएका नगरकोटीको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो ।  लु २६ प ९८ ४४ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भटमा ठोकिएर पल्टिएको  इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । 

सम्बन्धित समाचार
काठमाडौं मोडल कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास तथा सचेतना कार्यक्रम सम्पन्न ।
२०८३-०३-०९

काठमाडौं मोडल कलेज, बागबजारमा अध्ययनरत विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास गराई ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (प्र.ब.उ.) सुरेश प्रसाद काफ्लेज्यूले विद्यार्थीहरूलाई सुरक्षित सडक प्रयोग, ट्राफिक नियमको पालना, पैदल यात्रु तथा सवारी चालकको जिम्मेवारी, सडक दुर्घटना न्यूनीकरणका उपाय तथा ट्राफिक व्यवस्थापनका विविध पक्षबारे जानकारी गराउनुभएको थियो।विद्यार्थीहरूलाई सडकमा ट्राफिक व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा व्यवहारिक अभ्याससमेत गराइएको थियो। उक्त अवसरमा ट्राफिक प्रहरीको भूमिका, सडक अनुशासनको महत्व तथा जिम्मेवार नागरिकको रूपमा सडक सुरक्षामा पुर्‍याउन सकिने योगदानबारे समेत छलफल गरिएको थियो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेको बताउँदै यस्ता कार्यक्रमले सडक सुरक्षाप्रति सकारात्मक सोच र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
२०८३-०३-०७

मिति २०८३।०३।०७ गते, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई लक्षित गरी निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूले  कार्यरत प्रहरी कर्मचारीहरूलाई अनुशासित, शिष्ट तथा सेवाभावका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। साथै, आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै प्रभावकारी ट्राफिक व्यवस्थापन, सडक सुरक्षा प्रवर्द्धन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार र सक्रिय भई सडकमा खटिनुपर्नेमा जोड दिनुभयो।उक्त कार्यक्रममा कार्यरत प्रहरी कर्मचारीहरूका गुनासा, सुझाव तथा जिज्ञासाका विषयमा समेत खुला अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामार्फत प्राप्त सुझाव तथा गुनासाहरूको सम्बोधन गर्दै संगठनको कार्यसम्पादनलाई अझ प्रभावकारी, उत्तरदायी तथा नागरिकमैत्री बनाउन आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।यसरी निर्देशन सम्बोधन तथा अन्तरक्रिया कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।

विशेष अभियान अन्तर्गत सार्वजनिक सवारी साधनका चालक,चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन लाई लक्षित गरी विशेष सचेतना कार्यक्रम सम्पन्न ।
२०८३-०२-२८

आज मिति २०८३।०२।२८ गते, काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानहरूमा ट्राफिक प्रहरीद्वारा सार्वजनिक सवारी साधनका चालक, चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन लाई लक्षित गरी विशेष सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ ।साथै आरक्षण सिटको अनिवार्य कार्यान्वयन सुनिश्चित गर्ने, भाडादर सूची स्पष्ट र देखिने स्थानमा टाँस गर्ने, सवारी साधनमा CCTV क्यामेरा जडान गर्ने तथा GPS प्रणाली जडान गरी सवारीको निगरानी, पारदर्शिता र यात्रु सुरक्षालाई थप सुदृढ बनाउने सम्बन्धमा विशेष जोड दिँदै सचेतना अभिवृद्धि गरिएको छ । सवारी साधन सुरक्षित तथा जिम्मेवार ढंगले सञ्चालन गर्ने, ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने, क्षमता भन्दा बढी यात्रु नओसार्ने, यात्रुहरूसँग सभ्य, शिष्ट र मर्यादित व्यवहार गर्ने लगायतका विषयमा विस्तृत रूपमा जानकारी तथा जनचेतना प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रम मार्फत सार्वजनिक सवारी साधनहरूले बसपकेट बाहिर जथाभावी सवारी नरोक्न, ढोका खुला राखी ढोकामै यात्रु राखि सवारी सञ्चालन नगर्न, जेब्रा क्रसिङमा सवारी नरोक्ने ,लागुपदार्थ ,मादक पदार्थ सेवन नगर्न तथा लेफ्ट लेन अवरुद्ध नगरी ट्राफिक नियम उल्लङ्घन नगर्न सवारी साधनहरूलाई सचेतना कार्यक्रम गरिएको छ ।यस अभियानले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन प्रवर्द्धन तथा यात्रुहरूको सुरक्षित, सहज र भरपर्दो यात्रा सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न ।
२०८३-०२-२७

आज मिति २०८३।०२।२७ गते, यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर सिंह ऐरीद्वारा किर्तिपुर माद्यामिक विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरूको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा सुरक्षित रूपमा सडक प्रयोग गर्ने तरिका सम्बन्धी व्यवहारिक उदाहरण, चित्र तथा अन्तरक्रियामार्फत प्रशिक्षण प्रदान गरियो ।

विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न ।
२०८३-०२-२७

आज मिति २०८३।०२।२७ गते, ट्राफिक प्रहरी परिसर, सातदोबाटो, ललितपुर कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्ट द्वारा श्रमिक शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरूको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा सुरक्षित रूपमा सडक प्रयोग गर्ने तरिका सम्बन्धी व्यवहारिक उदाहरण, चित्र तथा अन्तरक्रियामार्फत प्रशिक्षण प्रदान गरियो ।