ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी ” सम्पन्न ।

२०८२-१०-२९

  • A
  • A-
  • A+
Share

आज मिति २०८२ माघ २९ गते, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी ” २०८२ सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा गोष्ठीको आयोजना गरिएको हो । 

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्वलन गरी उदघाटन सत्रको कार्यक्रमको सुरुवात भएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव कुमार शर्माले जीवनलाई सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वसर्तको रुपमा यातायात रहेको भए तापनी सडक सुरक्षाको विषय निकै संवेदनशील हुँदै गइरहेको बताउनुभएको छ । सडक सुरक्षा जस्तो संवेदनशील विषयमा एक निकायमात्र सक्रिय भएर नहुने र सरोकारावाला निकायका उच्च तहका व्यक्तिको समेत सहभागितामा सबैले यस विषयमा वकालत गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । 

गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय सडक सुरक्षा परिषद्, सडक विभाग, वातावरण विभाग, Institute of Road Traffic Education का अध्यक्ष डाक्टर रोहित बालुजा, नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिका लगायतको तर्फबाट प्रस्तुतीकरण हुनुका साथै छलफल समेत भएको थियो । 

सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले गोष्ठीमा छलफल भएका विषयहरूमा सुझाव तथा टिप्पणी दिनुभएको थियो ।

सडक सुरक्षा सुदृढीकरण तथा दुर्घटना न्युनीकरण लागि काठमाडौँ उपत्यकाको ट्राफिक अवस्थाको तथ्यमा आधारित विश्लेषण गर्नु, सरोकारवाला निकायबिच एकिकृत रुपमा समन्वय र सहकार्य प्रवर्द्धन गरी दिगो ट्राफिक व्यवस्थापनको आधार निर्माण गर्नु, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि अन्तराष्ट्रिय अनुभव, नविन अभ्यास तथा सुझाव आदान- प्रदान गर्नु, सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि गर्नु, सर्वसाधारण, विद्यालय/विश्वविद्यालय, विद्यार्थी र पेशागत चालकलहरूमा सडक सुरक्षा सम्बन्धी सचेतना र जिम्मेवारी प्रवर्द्धन गर्नु यस कार्यशाला गोष्ठीको   मुख्य उदेश्य रहेको थियो । 

समापन सत्रका प्रमुख अतिथि, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कार्यशाला गोष्ठीले सडक प्रयोग एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकाय तथा संस्थाहरूबीच नीतिगत र कार्यगत समन्वय, सहकार्य अनि सहजीकरणमा विशेष पहल कदमी हुने विश्वास व्यक्त गर्नुभयो  । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले Institute of Road Traffic Education का अध्यक्ष डाक्टर रोहित बालुजालाई मायाको चिनो प्रदान गर्नुभयो । ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम संचालनमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने Nepal Automobile Impoters And Manufacture Accociaton ( NAIMA ) का प्रतिनिधिहरूलाई प्रहरी महानिरीक्षक कार्कीले कदरपत्र समेत प्रदान गर्नुभएको थियो  ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

सम्बन्धित समाचार
ट्राफिक सचेतनामुलक प्रभात फेरी तथा सांस्कृतिक कार्यक्रम
२०८२-१०-०१

मिति २०८२।०९।३० गते, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर तथा सामुदायिक प्रहरी सेवाकेन्द्र कोटेश्वरको संयुक्तको आयोजनामा “सडक दुर्घटना न्युनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज पाँचौ दिन प्रभात फेरी तथा सांस्कृतिक कार्यक्रमका सभापति सामुदायिक सेवा तथा बिकास समाज एवं सामुदायिक प्रहरी सेवाकेन्द्र कोटेश्वरका अध्यक्ष श्री रबिन्द्र थापाज्यू, प्रमुख अथिति काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक श्री ओम प्रसाद अधिकारीज्यू, बिशिष्ट अथिति बागमति प्रदेश सभा सदस्य माननिय श्री सुनिल के.सि.ज्यू  र यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्री नवराज अधिकारी ज्यू तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु सहित ६०० जनाको उपस्थितिमा ट्राफिक सचेतनामुलक प्रभात फेरी तथा सांस्कृतिक समापन भएको छ ।

ट्राफिक सचेतनामुलक प्रभातफेरी तथा ट्राफिक लाईट उद्घघाटन कार्यक्रम
२०८२-१०-०१

मिति २०८२।०९।३० गते, सडक दुर्घटना न्यूनिकरण गरी जनधनको सुरक्षा अभिवृद्धि गर्ने अभिप्रायका साथ “सडक दुर्घटना न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज पाँचौ दिन ट्राफिक बृत्त बौद्धको कार्य क्षेत्र भित्र ट्राफिक सचेतनामुलक प्रभातफेरी तथा ट्राफिक लाईट उद्घघाटन कार्यक्रममा प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यू, गोकणेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालज्यू, यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नबराज अधिकारीज्यू र गोकणेश्वर नगरपालिकाका नगर उप-प्रमुख सान्नानि लामाज्यूको आतिथ्यमा गोकणेश्वर नगरपालिका वडा नं.६ स्थित नारायणटार पुलमा ट्राफिक लाईटको उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ ।

“सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रम सम्पन्न”
२०८२-०८-१९

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्‍को संयुक्त आयोजनामा नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्‍ता ज्यूको प्रमुख आतिथ्यमा आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, यातायात व्यवसायी, प्रहरी वरिष्ठ अधिकृतहरू एवम् प्रहरी कर्मचारी,  स्वयंसेवा र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

भदौ २३ गते, बिहान १२:३० बजेको, ट्राफिक अपडेट
२०८२-०५-२३

काठमाडौँको माइतीघर-  बबरमहल – नयाँबानेश्वर  सडकखण्ड हुँदै चल्ने  सवारी साधन चल्न सकेका छैनन् । मानिसहरू  भेलाजम्मा भएका कारण उक्त सडकखण्डमा चल्ने सवारी साधनलाई नयाँबानेश्वरचोक, माइतीघर,  हनुमानथान  नजिकैको  पुल लगायतका स्थानबाट  डाईभर्सन  गरिएको छ । माइतीघरबाट सर्भिस लेन  हुँदै  थापाथलीतर्फ  जाने सवारी  साधनलाई मुख्य  लेनबाट  पठाइएको  छ ।  सवारी  चापको  व्यवस्थापनका लागि रिंङरोड  भएर बानेश्वर माईतिघर सडकखण्ड तर्फ आउने  भाडाका सबै सवारी  साधनलाई   विभिन्न स्थानबाट  डाईभर्सन  गरिएको  छ । डाईभर्सनका कारण पुरानोबानेश्वर, हनुमानथान, थापागाउँ, थापाथली, कुपण्डोल र  त्रिपुरेश्वर हुँदै चल्ने सवारी  साधन  केही  क्युमा चलिरहेका छन् । क्यु  रहेका स्थानमा ट्राफिक  प्रहरीले सवारी आवागमन  सहज बनाउने प्रयास  गरिरहेको  छ ।  यसबाहेकका मुख्य चोकहरूमा  भने सवारी  साधन  ट्राफिक  व्यवस्थापनको क्रममा केही  समय  रोकिनुपर्ने  अवस्था रहेको छ । विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने  तथा बाहिरिने  सवारी साधनको आवागमन  भने  सामान्य  रहेको  छ ।  

छलफल तथा अन्तरक्रिया कार्यक्रम
२०८२-०५-०४

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित तथा नागरिक मैत्री बनाउने उदेश्यको साथ आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केदार प्रकाश साउद, कमल सिंह बम र अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोद चन्द्र गुरुङ्गसँग उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालय प्रमुख सहितको सहभागितामा छलफल, अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको । यस छलफल तथा अन्तरक्रिया कार्यक्रममा आएको विषयको सम्बोधन गरी नागरिकमैत्री सेवामा तत्पर रहन यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सम्पूर्ण यूनिट ईन्चार्जहरुलाई निर्देशन समेत दिनुभएको ।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ ” अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण सम्पन्न
२०८२-०५-०३

आज मिति २०८२।०५।०३ गते ,  नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८२-०५-०३ गते मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज के.सी. सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, ट्राफिक  प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको अबलोकन तथा निरीक्षण गर्नुका साथै कार्यालयको समग्र काम कारवाहिको सम्बन्धमा समग्र बिषयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीवाट प्रस्तुतीकरण भएको थियो ।